एक कार्यक्रमका बीच सखीखबर डट कम अनलाइन पत्रिका सोमबार विमोचन गरिएको छ ।
बाराको फेटा गाउँपालिका स्थित सखी महिलाको साथी संस्थाको परिसरमा सखीखबर डट कमको विमोचन गरिएको हो ।
सो कार्यक्रममा प्रमुख अथिति नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य केसी लामिछानेले ल्यापटपमा इन्टर बटम थिची उक्त अनलाइन पत्रिकाको बिमोचन गरेका हुन् ।सखी महिलाको साथी संस्थाद्वारा सखीखबर डट कम अनलाइन पत्रिका प्रकाशनमा आएको हो ।
बिमोचन कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य लामिछानेले पत्रकारिता राष्ट्रको चौथो अंग रहेको तथा पत्रकार व्यतिmगत लाभको लागि नभई सदैव सम्पुर्ण समाजको लागि समर्पित हुनुपर्नेमा जोड दिए ।
उनले भने , “हामी राज्यको चौथोको अंग हो तर राज्यको दाना पानी नखाई समाजको लागि न्यायको पक्षमा लाग्छौाँ । एउटा डाक्टरले एउटा मान्छे उपचारको क्रममा मार्यो भने एउटा परिवार र आफन्तलाई पिडा हुन्छ तर हामीले समाचार विगार्यो भने समग्र समाजलाई नै असर गर्छ । त्यसैले पिडामा परेकोलाई न्याय दिलाउने , आवाजविहीनको आवाज बनिदिने र समाजका सरोकार राख्ने विषयवस्तु उठान गरी सकारात्मक पहलको लागि बाटो खोलिदिने भुमीका हाम्रो हो । ”उनले सत्यतथ्य समाचार सम्प्रेषण गर्न जोड दिएका थिए ।
महिलाद्वारा संचालित संस्था र अनलाईन पत्रिकाले खासगरी महिलाको सवाल , पिछडीएका , सिमान्तकृत , दलित समुदायका महिला र मानिसहरुका लागि विशेष भूमिका निर्वाह गर्नेमा कार्यक्रमका अन्य वक्ताहरुले विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रममा अन्य वक्ताहरुले भने अनलाईन पत्रिकाको लागि आवश्यक पर्ने सक्दो सहयोग आफुहरुबाट गर्ने प्रतिबद्धता जनाउँदै आम पाठक र समाजको लागी सत्यतथ्य समाचार सम्प्रेषण गरेर जिम्मेवार पत्रकारको कर्तव्य निर्वाह गर्न पनि जोड दिए ।
सखीखबर डट कम अनलाइनकी उपाध्यक्ष रेनु कुमारी कुश्वाहाको अध्यक्षतामा भएको कार्यक्रममा प्रसौनी गाउँपालिकाका अध्यक्ष विनोद प्रसाद जयसवाल , वरीष्ठ पत्रकार उमेश दुवे , फेटा गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष आयुब अंसारी , फेटा वडा नम्बर २ का वडा अध्यक्ष नरेश प्रसाद , वडा नम्बर १ का पुर्व वडा अध्यक्ष जयप्रकाश दास,माओवादी केन्द्रका जिल्ला अध्यक्ष मुकेश साह , जनमत पार्टिकका केन्द्रिय सदस्य तथा वनपैदावार समितिका बारा अध्यक्ष सुरेश साह , विवेकशिल साझा पार्टिका जिल्ला अध्यक्ष डा.शुसिल साह , युवा संघका बारा जिल्ला अध्यक्ष सदाम अंसारी , रेडीयो बाराका संचालक रमेश साह , जिल्ला फुटबल रेफ्री संघका अध्यक्ष रियाजुल ईस्लाम , स्थानीय शिक्षक निपु गुप्ता , नविनतम कृषि सहकारी संस्थाका उदय ठाकुर , उक्त सहकारी संस्थाकै दिपेन्द्र गुप्ता , कृषि तथा पशुपंक्षी शाखा फेटाका संजय कुश्वाहा , उक्त संस्थाकै टंकेश महतो , रजवटीया टोल सुधार समितिका अध्यक्ष शेषनाथ यादव , अकवनिया टोल सुधार समितिका अध्यक्ष छोटेलाला कुश्वाहा , भलुही टोल सुधार समितिका अध्यक्ष प्रेम साह , श्री गढीमाई साझेदारी वन व्यवस्थापन समिति पथलैया बाराका अध्यक्ष रामएकवाल साह,महिला तथा बालबालिका शाखा फेटाकी पुनम साह , केन्द्रिय निर्णायक समिति कबडी संघका संदिप गुप्ता लगायत शिक्षक,समाजसेवी,सन्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।
सखी महिलाको संस्थाकी सदस्य पुजा कुश्वाहाले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन् भने कार्यक्रममा सहजिकरण सखी संस्थाका कार्यक्रम संयोजक राजेश कुशवाहाले गरेका थिए । कार्यक्रम संचालन पत्रकार माधुरी महतोले गरेकी थिईन् ।