अन्तर्राष्ट्रिय बाल दिवसमा सखी : महिलाको साथी सस्था द्वारा विविध कार्यक्रम सम्पन्न

सखीखबर डट कम
पाठक संख्या - 186
पढ्न लाग्ने समाय 2 मि.

कलैया,४ मसिर:अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा सखी : महिलाको साथी (Shakhi: Friends of Women) ले बालबालिकाको अधिकार संरक्षण, सुरक्षा र सशक्तीकरणका उद्देश्यले विविध कार्यक्रमहरू आयोजना गर्दै दिवस विशेष रूपमा मनाएको छ।

कार्यक्रमको मुख्य सन्देश प्रस्तुत गर्दै संस्थाका अध्यक्षले समाजका प्रत्येक बालबालिकाले शिक्षा, स्वास्थ्य, संरक्षण तथा समान अवसर पाउने अधिकार सुरक्षित हुनु आवश्यक रहेको उल्लेख गरिन्।
उनी भन्छिन् “हरेक बालबालिकाले किताब पाउनुपर्छ, बाधा होइन। आजका खुसी बालबालिका भोलिका सबल समुदाय हुन्।”उनका अनुसार बालविवाह रोकथाम, छोरी–छोराको सुरक्षित र उज्ज्वल भविष्य सुनिश्चित गर्नु संस्थाको प्रमुख प्रतिबद्धता हो। कुनै पनि बालबालिका पढाइ, खेलकुद र अवसरबाट वञ्चित नहोस् भन्ने लक्ष्यसहित सखी : महिलाको साथी निरन्तर सक्रिय रहेको बताइयो।

कार्यक्रममा ग्रामीण तथा दलित समुदायका बालबालिकाले भोगिरहनुपरेका चुनौती पहिचान गरी आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने तयारी संस्था–पक्षबाट गरिएको जानकारी दिइयो। अध्यक्षले थप भनिन्-
“बालबालिका राष्ट्रको भविष्य हुन्। उनीहरूको सपना सुरक्षित राख्नु हाम्रो सामूहिक जिम्मेवारी हो। अन्तर्राष्ट्रिय बाल दिवसले बालमैत्री समाज निर्माणमा सबैको एकता आवश्यक हुन्छ।”दिवसको अवसरमा संस्थाले बालबालिकालाई किताब, कपी, पेन्सिल सेट वितरण गरेको थियो। विद्यालयमैत्री वातावरण निर्माणका लागि समुदाय, अभिभावक र स्थानीय निकायबीच सहकार्य अत्यावश्यक रहेकोमा पनि कार्यक्रममा विशेष जोड दिइयो।

यस वर्ष अन्तर्राष्ट्रिय बाल दिवस “Happy International Children’s Day” भन्ने मूल नारासहित मनाइएको संस्थाले जनाएको छ।
संगठनले आगामी दिनमा बालबालिका, महिला तथा कमजोर समुदायका हकहितमा कार्यक्रम विस्तार गर्दै समावेशी र न्यायपूर्ण समाज निर्माणमा निरन्तर योगदान दिने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

 

शेयर गर्नुहोस