आज २०८२ साल मसिर ९ गते मंगलबारको राशिफल

सखीखबर डट कम
पाठक संख्या - 187
पढ्न लाग्ने समाय 3 मि.

मंसिर शुक्लपक्षको पंचमी तिथि आज विवाह पंचमी भएसँगै जनकपुरमा भव्य सीताराम विवाह महोत्सवको आयोजना भइरहेको छ । साथै आज आबाल ब्रह्मचारी षडानन्द जयन्ती पनि मनाइँदैछ ।

यसो त, आजको दिन विभिन्न राशिहरूका लागि फरक–फरक परिणामका साथ आएको छ । कोहीका लागि नयाँ अवसर खुलेका छन् भने कोहीले सतर्कता अपनाउनुपर्ने परिस्थिति देखिएको छ ।

मेष : सम्मान र प्रगतिका संकेत

साहित्यिक क्षेत्रमा अग्रसरता बढ्नेछ । विदेश यात्रा र अध्ययनमा प्रगति हुने देखिन्छ । तर असान्दर्भिक विषयमा समय खर्च गर्दा पेशागत उन्नतिमा रोकावट आउनसक्छ । गलत संगतबाट बच्न आवश्यक छ । शेयर बजार लाभदायी ।

वृष : महत्वाकांक्षा बढ्ने, विवाद पनि सम्भव

दृढतामा वृद्धि भए पनि असहनशीलता बढ्ने संकेत । महत्वाकांक्षा प्राप्तिमा अत्यधिक जोखिम नलिनु उत्तम । खर्च बढ्नेछ तर दाम्पत्य जीवन मधुर रहनेछ । शेयर बजार लाभकारी ।

मिथुन : रिसको प्रभाव, सामाजिक छवि कमजोर

चर्को रिसका कारण अनावश्यक झडप हुन सक्छ । पेशागत जीवनमा कठोरता नदेखाउनु उचित हुन्छ । मित्रहरूसँग विवादको सम्भावना । शेयर क्षेत्र औसत ।

कर्कट : खर्च बढ्ने, पेशागत चुनौती

मोजमस्तीका कारण आर्थिक सन्तुलन बिग्रन सक्छ । पेशागत जीवनमा गम्भीर चुनौती आउने देखिन्छ । मनोबल कमजोर हुने संकेत । शेयर बजार अनुकूल छैन ।

सिंह : सहनशीलता बढ्ने, दाम्पत्यमा कटुता

शान्त र दृढ व्यक्तित्व रहनेछ । डुबेको पैसा उठ्ने सम्भावना तर फेरि गलत ठाउँमा फस्ने जोखिम । दाम्पत्यमा कटुता बढ्नसक्छ । शेयर बजार औसत ।

कन्या : पेशागत अड्चन, परिवारबाट सहयोग

अचानक पेशागत समस्या आउनेछ । पेशा परिवर्तनको सोच पनि आउन सक्छ । परिस्थितिलाई संयमित रूपमा सम्हाल्नु उपयुक्त । शेयर बजारमा घाटा ।

तुला : जिम्मेवारीमा वृद्धि, यात्राबाट नयाँ विचार

पेशागत जीवन सक्षम हुन्छ । यात्रामा नयाँ व्यक्तिबाट उपयोगी विचार पाइनेछ । स्वास्थ्यमा चिसोबाट समस्या हुनसक्छ । शेयर बजार लाभकारी ।

वृश्चिक : मुद्दा–मामिला र खर्चको दबाब

कानुनी तथा सामाजिक क्षेत्रमा व्यस्तता बढ्नेछ । आम्दानीभन्दा खर्च बढी हुनसक्छ । परिवारबाट आलोचना झेल्नु पर्ने संकेत । शेयर बजार अपेक्षाकृत राम्रो ।

धनु : पेशागत संकट, परिवारमा मतभेद

आरोप–प्रत्यारोपबाट बच्नुपर्छ । स्वास्थ्य खर्च बढ्नेछ । धनसम्पत्ति विषयमा परिवारमा विवाद । यात्रामा कठिनाई । शेयर बजार नलाग्ने दिन ।

मकर : धार्मिक भावनामा वृद्धि, आर्थिक सुधार

धार्मिक रुचि बढ्नेछ । पेशागत जीवन मध्यम रहनेछ । आर्थिक स्थिति सुधार हुँदै जानेछ । दाम्पत्यमा विवाद सम्भव । विदेश यात्रा अनुकूल । शेयर औसत ।

कुम्भ : बोलीको प्रभाव, पारीवारिक तनाव

बोली प्रभावशाली बन्छ, जसले पेशागत क्षेत्रमा फाइदा पुर्‍याउँछ । तर पारिवारिक तनावले मन अस्थिर हुनसक्छ । कुलतबाट बच्न आवश्यक । शेयर बजारमा लाभ छैन ।

मीन : आफन्तसँग विवाद, पेशागत सफलता

सामाजिक सम्मान बढ्नेछ । विदेश यात्रा सम्भावना खुल्नेछ । तर खर्च धान्न कठिन र घर–जग्गा बेच्नुपर्ने स्थिति पनि आउन सक्छ । दाम्पत्यमा समझदारी कमी । शेयर बजार औसत ।

शेयर गर्नुहोस