मंसिर १२ गतेको राशिफल : आजको दिन कसरी बित्ला ?

सखीखबर डट कम
पाठक संख्या - 293
पढ्न लाग्ने समाय 3 मि.

मंसिर १२, काठमाडौं :आज २०८२ साल मंसिर १२ गते शुक्रबार, मंसिर शुक्ल पक्षको अष्टमी तिथि संगै गोरखकाली पूजा मनाइँदैछ। नक्षत्र र चन्द्रमा अनुसार १२ राशिका व्यक्तिहरूको दैनिकी र अनुभवमा फरक–फरक प्रभाव पर्ने विश्वास गरिन्छ। आजको राशिफल यसप्रकार छ :

मेष:आजको दिन शुभ रहनेछ। व्यापार तथा राजनीतिक क्षेत्रमा प्रगति हुने संकेत छन्। राज्यबाट महत्वपूर्ण जिम्मेवारी प्राप्त हुन सक्छ। पारिवारिक साथ मिल्नेछ।

वृष:आज दिन सामान्य रहनेछ। नजिकका साथीबाट असहयोगको सम्भावना छ। कामको चापले स्वास्थ्यमा असर पर्न सक्छ। धार्मिक व्यक्तिसँगको भेटले मन प्रशन्न हुनेछ। शुभकार्यबाट दिन सुरु गर्नु उत्तम।

मिथुन:दिन अनुकूल छ। बौद्धिक क्षेत्रमा प्रगति हुनेछ। राजनीतिमा फाइदाको योग छ। पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ। प्रेम सम्बन्धमा सफलता मिल्ने सम्भावना।

कर्कट:दिन सामान्य छ। साथीबाट अपेक्षित सहयोग नपाइने देखिन्छ। आत्ममूल्यांकन गर्नुपर्ने समय हो। पश्चिमातर्फ लामो यात्रा गर्नु उचित छैन। परिवारलाई समय नदिनु तनावको कारण बन्न सक्छ।

सिंह:आज दिन राम्रो रहनेछ। चन्द्रमा उच्च भएकाले पारिवारिक साथ मिल्नेछ। परिवारसँग रमाइलो गर्ने अवसर प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा सेवामूलक कार्य गर्ने अवसर मिल्नेछ। बौद्धिक व्यक्तिसँगको भेट फाइदाजनक।

कन्या:दिन सामान्य छ। अरूले गरेको गल्तीको आरोप आफूमा पर्न सक्ने सम्भावना। स्वास्थ्यमा अचानक समस्या देखिन सक्छ। शिक्षामा ढिलासुस्ती हुनेछ। परिवारको साथ लिएर काम गर्नु उचित।

तुला:आजको दिन शुभ छ। कला तथा वाक्शैली प्रदर्शन गर्ने अवसर मिल्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। शिक्षामा प्रगति हुनेछ। स्वास्थ्यमा सुधार देखिनेछ। समयको सदुपयोग गर्नुपर्ने दिन।

वृश्चिक:दिन सामान्यभन्दा कमजोर देखिन्छ। सञ्चित धन खर्चिनु पर्ने संकेत। विपक्षी बलियो हुने भएकाले व्यवहारमा सचेत रहनु आवश्यक। संकटमा परिवारको समर्थन पाइनेछ।

धनु:समझदारीपूर्वक काम गर्नुपर्ने दिन। तर, समग्रमा दिन धेरै राम्रो छ। विदेशप्रति आकर्षण बढ्नेछ। व्यापारमा लगानी लाभदायक हुन सक्छ। परिवारसँगको यात्रा सहज हुनेछ। राजनीति आज नगर्नु उपयुक्त।

मकर:आजको दिन अनुकूल छ। साथीहरूको साथ मिल्नेछ। जागिरमा बढुवाको सम्भावना। विपक्षीसँग विवाद नगरी काम अघि बढाउनु बुद्धिमानी हुन्छ। राजनीतिक तथा सामाजिक चासो बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ:दिन शुभ छ। स्वास्थ्यमा सुधार हुनेछ। व्यापारमा फाइदा हुने योग। गुरु वा वरिष्ठ व्यक्तिको सहयोग मिल्नेछ। सम्पत्तिको उचित उपयोग गर्नुपर्ने समय हो। स्वदेशमै रोजगारीको अवसर प्राप्त हुन सक्छ।

मीन:आज दिन सामान्य रहला। काम गर्दा सतर्कता अपनाउनुपर्छ। सञ्चित धन खर्चिनुपर्ने देखिन्छ। परिवारभित्र विवाद टार्नु उत्तम। धार्मिक कार्यबाट दिन सुरु गर्दा लाभ हुने विश्वास।

शेयर गर्नुहोस