२०८२ मंसिर १४ गते आजको राशिफल

सखीखबर डट कम
पाठक संख्या - 287
पढ्न लाग्ने समाय 2 मि.

आज २०८२ साल मंसिर १४ गते आइतवार, तदनुसार ३० नोभेम्बर २०२५। आज मंसिर शुक्ल पक्षको दशमी तिथि, वज्र योग, तैतल करण, र उत्तर भाद्र नक्षत्र परेको छ। सूर्योदय बिहान ०६:३६ बजे र सूर्यास्त साँझ १७:०८ बजे हुनेछ। ज्योतिषीय हिसाबले आजको दिन बार्है राशिका लागि मिश्रित परिणामयुक्त देखिनछ।

१.मेष

संचित धन खर्चिने सम्भावना छ। उत्साहमा कमी आउन सक्छ। साना कुराले मन अशान्त बन्न सक्छ। वैदेशिक रोजगारीबाट फाइदा हुने देखिन्छ। परिवारको साथ र प्रेम सम्बन्ध सुमधुर रहनेछ।

२.वृष

दिन सहज रहनेछ। स्वास्थ्य सुदृढ रहनेछ। विदेशमा अध्ययन गर्ने सम्भावना बढ्नेछ। पश्चिमतर्फ लामो यात्रा नगर्न सुझाव। प्राविधिक क्षेत्रमा लगानी गरे फाइदा हुने संकेत।

३.मिथुन

ठूला व्यक्तिको सल्लाहमा अघि बढ्दा सफलता मिल्नेछ। शिक्षासँग रुचि बढ्नेछ। लगानी सकारात्मक रहनेछ। तर परिवार व्यवस्थापनमा कठिनाइले तनाव हुने सम्भावना।

४.कर्कट

कला र अभिव्यक्तिको प्रदर्शन गर्न अनुकूल समय। दाजुभाइको सहयोगमा काम सफल बन्नेछ। बाह्य वातावरणबाट प्रशंसा प्राप्त हुनेछ। प्रेम सम्बन्ध प्रगाढ बन्नेछ।

५.सिंह

थोरै बोलेर काम गर्ने दिन। पेटसम्बन्धी समस्या आउन सक्छ, खानपानमा ध्यान दिनु जरुरी। धार्मिक र गुरुकुल शिक्षाप्रति आकर्षण बढ्नेछ। परिवारले निगरानी बढाउने संकेत।

६.कन्या

धार्मिक व्यक्तिसँगको भेटले मन शान्त हुनेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। परिवारसँग रमाइलो समय बित्नेछ। प्रेम सम्बन्ध सुखद हुनेछ।

७.तुला

अनुत्पादक क्षेत्रमा लगानी नगर्न सुझाव। धार्मिक व्यक्तिसँगको सम्पर्कले मन शान्त हुनेछ। विपक्षी शान्त भएकाले कामहरू सहज रूपमा अघि बढ्नेछन्। परिवारको साथ अटुट रहनेछ।

८.वृश्चिक

बोली र व्यवहारमा पारदर्शिता आवश्यक। आम्दानीका धेरै माध्यम भए पनि दीर्घकालीन योजनामा ध्यान पुर्याउनुपर्छ। बौद्धिक व्यक्तिसँगको भेट लाभदायी। परिवारमा सानो विवाद उत्पन्न हुनसक्छ।

९.धनु

साथीको सल्लाहले काम सफल बन्नेछ। प्रेम सम्बन्धमा सतर्क रहनुपर्छ, धोका पाउने जोखिम। स्वास्थ्यमा सुधारका संकेत।

१०.मकर

राजनीतिक क्षेत्रमा सफलता मिल्ने सम्भावना। सहकर्मी र साथीभाइको सल्लाहमा काम गर्दा राम्रो परिणाम। स्वास्थ्यमा सुधार। राज्यप्रति भय वा चिन्ता भने कायम रहनेछ।

११.कुम्भ

शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति। संकटमा परिवारको साथले हौसला बढ्नेछ। प्रेम सम्बन्ध सहज। व्यापार व्यवसायमा नाफा प्राप्त हुने दिन।

१२मीन

धेरै समयपछि दिन शुभ रहनेछ। दैनिकी सहज। स्वास्थ्यमा सुधार। अध्ययन–अध्यापनमा रुचि वृद्धि। बिहान गणेश भजन सुन्नाले दिन अझ शुभ हुने विश्वास।

 

शेयर गर्नुहोस