जबरजस्ती करणीका फरार अभियुक्त १३ वर्षपछि स्याङ्जाबाट पक्राउ

सखीखबर डट कम
पाठक संख्या - 223
पढ्न लाग्ने समाय 1 मि.

स्याङ्जा :जबरजस्ती करणी मुद्दामा अदालतबाट १५ वर्ष कैद सजाय तोकिएपछि फरार रहेका अभियुक्त १३ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका–१४ स्याङ्जाका ५७ वर्षीय मेगबहादुर भुजेल रहेका प्रहरी निरीक्षक सागर कार्कीले जानकारी दिए।

२०६९ भदौ २७ गते पुतलीबजार–१४ स्थित ब्रिफेनको जंगलमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको ठहरमा २०७३ मंसिर २३ गते स्याङ्जा जिल्ला अदालतले उनलाई १५ वर्ष कैद सजाय सुनाएको थियो। फैसला भएपछि भुजेल विदेशतर्फ फरार रहेको प्रहरीले बताएको छ।

लामो समयदेखि खोजी तथा निगरानीमा रहेका भुजेललाई २०८२ मंसिर १६ गते आफ्नै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउपछि उनलाई अदालतमा पेश गरिएर फैसलाअनुसार जिल्ला कारागार स्याङ्जा चलान गरिएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए।

शेयर गर्नुहोस