२०८२ साल मंसिर १८ गते बिहीबार, मंसिर शुक्ल पक्षको चतुदर्शी उपरान्त पूर्णिमा तिथि। आज उँधौली पर्व, पूर्णिमा व्रत, धान्यपूर्णिमा, यःमरी पुन्ही तथा ज्यापु दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। नक्षत्र अनुसार १२ राशि हुने परम्पराअनुसार चन्द्रमाको गति र नक्षत्रका पदका आधारमा दैनिकी तथा भावनात्मक उतारचढावसँग जोडिएको भविष्यफल यसप्रकार छ :
१.मेष :शिक्षा तथा अध्ययनमा सफलता प्राप्त हुने योग। परीक्षा परिणामअनुकूल आउने सम्भावना। तर अनुत्पादक क्षेत्रमा खर्च बढ्न सक्ने भएकाले सतर्कता आवश्यक। संकटमा पारिवारिक साथ रहनेछ।
२.वृष :धन प्राप्ति र व्यापार व्यवसायमा सन्तुष्टि वृद्धि हुने संकेत। दाम्पत्य सम्बन्ध सुखद् रहनेछ भने प्रेममा पनि प्रगाढता देखिनेछ। स्वास्थ्यमा सुधार हुने दिन।
३.मिथुन :पढाइमा ढिलासुस्ती देखिए पनि बिहान पिपलको दर्शन शुभ मानिनेछ। धार्मिक कार्यमा सक्रियता बढे मन शान्त रहनेछ।
४.कर्कट :धन लाभ तथा पारिवारिक सुख वृद्धि हुने सम्भावना। उपचाररत व्यक्तिले स्वास्थ्यमा सुधारको अनुभव गर्नेछन्। अनावश्यक खर्चबाट टाढा रहन सुझाव।
५.सिंह :दिन सामान्य। परिवारजनको कारण चिन्ता तथा मानसिक असन्तुलन बढ्न सक्छ। विवादभन्दा समझदारीको बाटो उत्तम। प्रतिद्वन्द्वितामा भन्दा सहकार्य लाभदायी।
६.कन्या :मन प्रसन्न रहने तथा व्यापारी वर्गलाई फाइदा हुने सम्भावना। नयाँ लुगा तथा सरसामान प्रयोग गर्ने अवसर मिल्नेछ। मनोबल उच्च, छोटो दूरीको यात्रा सहज रहने संकेत।
७.तुला :संचित धन खर्चिनुपर्ने अवस्था आउन सक्छ। पारिवारिक सम्बन्ध सुधारिए पनि व्यक्तिगत कार्यमा अवरोध सम्भावना। स्वास्थ्यमा कमजोरी देखिन सक्ने भएकाले खानपानमा ध्यान दिनुपर्ने।
८.वृश्चिक :आजका कार्यहरू अनुकूल बन्ने अपेक्षा। गुरुसँगको भेट वा मार्गदर्शनले ऊर्जा प्राप्ति। बिहान पिपल दर्शन शुभ।
९.धनु :अनावश्यक यात्रामा खर्च बढ्ने संकेत। स्वास्थ्यमा उतारचढाव सम्भावित। तर वाणी प्रभावशाली रहने भएकाले महत्वपूर्ण कार्य सफल हुन सक्छन्। परोपकारमा सहभागी भए समाजिक प्रतिष्ठा वृद्धि।
१०.मकर :व्यापार व्यवसायमा लाभ। परिवारसँग रमाइलो समय बिताउने अवसर। सन्तान पक्षबाट खुसी प्राप्त हुने योग। वैदेशिक क्षेत्रमा गरिएको लगानी लाभप्रद रहने सम्भावना।
११.कुम्भ :मान–सम्मान वृद्धि हुने दिन। खानपानमा सचेत रह्यो भने स्वास्थ्य अनुकूल। व्यवहारमा संयमता आवश्यक। शिक्षा क्षेत्रमा सफलता।
१२.मीन :कामकाजमा गोपनीयता महत्त्वपूर्ण हुने दिन। बोलेभन्दा कम बोल्नु हितावह। शिक्षामा लगानी लाभदायी बन्नेछ। परिवारबाट सहयोग प्राप्त हुने योग।
