आज २०८२ साल मंसिर २० गते शनिबार पुष कृष्ण पक्षको द्वित्तिया तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ ।
१.♈ मेष (Aries)
दिन सकारात्मक रहनेछ। शैक्षिक प्रयास सफल हुन सक्छन्। पारिवारिक सहयोग मिल्नेछ भने प्रेम सम्बन्धमा मधुरता बढ्नेछ। पूर्व दिशातर्फ लामो यात्रा नगर्न सुझाव। राज्य–तर्फबाट चिन्ता वा त्रास पैदा हुनसक्ने संकेत।
२♉ वृष (Taurus)
हरेक क्षेत्रमा सफलता पाउने सम्भावना। स्वास्थ्य तथा शिक्षा क्षेत्रमा गरेको लगानीबाट लाभ हुनेछ। परिवारिक माहोल सुखद रहनेछ। बिहान धार्मिक कार्यबाट दिनको शुभ सुरुआत गर्न सकिनेछ।
३.♊ मिथुन (Gemini)
मिष्ठान्न भोजन र रमाइलो यात्राको योग। खर्च बढ्न सक्छ, तर परिवारको सल्लाहमा अघि बढे फाइदा हुनेछ। प्रेम सम्बन्धमा मिठास बढ्ने सम्भावना।
४.♋ कर्कट (Cancer)
स्वदेशमै रोजगारीका अवसर देखिनेछन्। नयाँ ठूलो उद्योग वा परियोजनामा हात हाल्नुभन्दा सम्पत्तिको सुरक्षा महत्त्वपूर्ण। काममा परिवारको मतभिन्नता देखिन सक्छ। स्वास्थ्यले साथ दिनेछ।
५.♌ सिंह (Leo)
आम्दानीका हिसाबले शुभ दिन। आफन्तभन्दा अपरिचित व्यक्तिबाट सहयोग प्राप्त हुनसक्छ। वचनमा सजग रहनुपर्छ—बोलीले नै पछुतो गराउन सक्छ। दाम्पत्य र प्रेम दुवै क्षेत्र अनुकूल।
६.♍ कन्या (Virgo)
दिन खुशनुमा। परिवारसँग समय बिताउने अवसर। शिक्षा र लगानी दुवै क्षेत्रमा उत्साह बढ्नेछ। विपक्षी निष्क्रिय हुने भएकाले काम सहज बन्नेछ। परिवारको साथ निरन्तर रहनेछ।
७.♎ तुला (Libra)
स्वास्थ्यमा कमजोरी देखिन सक्छ। बौद्धिक व्यक्तिको सल्लाहमा अघि बढे सफलता सम्भव। परिवारभन्दा मित्र वा बाहिरी व्यक्तिबाट प्रशंसा प्राप्त हुने योग।
८.♏ वृश्चिक (Scorpio)
कम बोलेर काम गर्ने रणनीति उपयोगी। आर्थिक तथा सामाजिक क्षेत्रमा लगानीबाट फाइदा। कानूनी–न्यायिक क्षेत्रमा सकारात्मक परिणाम। प्राविधिक तथा व्यावसायिक शिक्षामा लाभदायक समय।
९.♐ धनु (Sagittarius)
बोलीको प्रभाव उच्च, कुरा प्रष्ट रूपमा राख्न सकिनेछ। पुराना स्वास्थ्य समस्याबाट मुक्ति मिल्ने संकेत। साथीभाइको साथ र सहयोगले महत्वपूर्ण काम बन्ने सम्भावना।
१०.♑ मकर (Capricorn)
सञ्चित धन खर्च हुने अवस्था। योजना तथा काममा अवरोध देखा पर्न सक्छ। आलस्यता बढ्नसक्ने संकेत। शिव भजनसहित बिहानको सकारात्मक सुरुआत लाभदायक। परिवारको साथ रहन्छ।
११.♒ कुम्भ (Aquarius)
दिन रमाइलो र सहज। राज्य–सम्म सम्बन्धित काममा राहत प्राप्त हुने संकेत। उच्च तहबाट सहयोग सम्भावित। पारिवारिक भेटघाट र मेलमिलापको दिन।
१२.♓ मीन (Pisces)
विरोधी सक्रिय देखिन सक्छन्। खानपानमा सावधानी आवश्यक। साथीभाइसँगको मिलनमा घाटा वा असहमति देखिन सक्ने योग। सूर्यलाई अर्घ दिएर दिनको प्रारम्भ गरेमा काम सहजतापूर्वक अघि बढ्नेछ।
