आज २०८२ साल मंसिर २१ गते आइतबार, कृष्णपक्षको तृतिया तिथिमा परेका आजका दिनलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसका रूपमा विश्वभर मनाइँदैछ। नक्षत्रअनुसार १२ राशिको आधारमा चन्द्र स्थितिले मानिसको व्यवहार तथा दैनिकीमा प्रभाव पार्ने मान्यता रहेको छ। यसै आधारमा आजका १२ राशिफल यसप्रकार छन्।
१.मेष :
आम्दानी वृद्धि हुने संकेत छ। व्यापार तथा संयुक्त लगानीबाट लाभ मिल्नेछ। कर्तव्यपरायणताका साथ काम गरेमा दिन अनुकूल रहनेछ। शिक्षामा प्रगति हुने सम्भावना।
२.वृष :
मिष्टान्न भोजन तथा परिवारसहित मनोरञ्जनको अवसर मिल्नेछ। साथीभाइको साथले मन हर्षित रहनेछ। स्वास्थ्यमा सुधार हुनेछ। आर्थिक सुधारको योग देखिन्छ।
३.मिथुन :
दैनिक योजनामा परिवर्तन गर्दै अघि बढ्दा सफलता हात पर्नेछ। वैदेशिक क्षेत्रमा गरिएको लगानी लाभदायक हुनेछ। परिवारको साथ र प्रेम सम्बन्ध सुदृढ हुने संकेत।
४.कर्कट :
दिन सामान्य रहनेछ। पश्चिम दिशातर्फ लामो यात्रा नगर्नु उत्तम। उपचारमा सुधारका संकेत देखिन्छ। दाम्पत्य तथा प्रेम जीवन सहज रहनेछ।
५.सिंह :
विपक्षीबाट समेत प्रशंसा प्राप्त हुने दिन। तर खर्च बढ्ने र स्वास्थ्यमा कमजोरी देखिने सम्भावना। समय अभावका कारण परिवारिक सम्बन्धमा तनाव हुनसक्छ।
६.कन्या :
अनुकूल दिन। विपक्षी शान्त रहने भएकाले कार्यसम्पादन सहज हुनेछ। शिक्षा तथा विदेश क्षेत्रमा गरेको लगानीबाट लाभ। राजनीतिक क्षेत्रबाट अवसर मिल्ने सम्भावना।
७.तुला :
शिक्षामा प्रगति हुने संकेत, परीक्षाको तयारीमा संलग्नहरूलाई लाभ। खानपानमा लापरवाही बढे रोगको जोखिम। व्यापारिक आय वृद्धि हुनेछ।
८.वृश्चिक :
दाजुभाइको सहयोगले काम सहज बन्नेछ। निर्णयपूर्व साथीको सुझाव उपयोगी हुनेछ। स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले सतर्कता आवश्यक। गुरुजनको सल्लाहअनुसार अघि बढ्दा सफलता।
९.धनु :
रोगसँग लड्ने क्षमता वृद्धि। सानो लगानीबाट पनि व्यापारिक फाइदा। राज्य पक्षबाट जिम्मेवारी तथा मान–सम्मान प्राप्त हुने सम्भावना। साथीको साथमा काम बन्नेछ।
१०.मकर :
सञ्चित धन खर्च हुने संभावना। स्वास्थ्य तथा पारिवारिक विवादको जोखिम। मनमा अस्थिरता देखिन सक्छ। शिक्षा क्षेत्रमा अतिरिक्त मिहिनेत आवश्यक।
११.कुम्भ :
मन शान्त रहनेछ। दैनिक कार्यमा सफलता मिल्नेछ। आजको लगानी भविष्यमा लाभदायक। बिहानै पीपल दर्शन वा दान गरेर दिन आरम्भ गरे शुभ फल।
१२.मीन :
दिन सामान्य। परिवारको साथ प्राप्त हुनेछ। वाणी नियन्त्रण आवश्यक। प्राविधिक शिक्षामा सफलता सम्भावित। शिक्षा तथा साथीसँगको सहयोग फलदायी बन्नेछ।
