२०८२ साल मंसिर २२ गते, सोमबारको राशिफल

सखीखबर डट कम
पाठक संख्या - 205
पढ्न लाग्ने समाय 2 मि.

२०८२ साल मंसिर २२ गते, सोमबार ज्योतिषशास्त्रमा चन्द्रको गति तथा नक्षत्रका पदको आधारमा व्यक्तिको दैनिकी, व्यवहार र सम्भावित घटनाबारे फलादेश गरिन्छ। २७ नक्षत्रको आधारमा १२ राशिको नाम निर्धारण हुने मान्यता रहेको छ।

आजका लागि राशिफल यसप्रकार

१.मेष :
धेरै परिवर्तनरहित सामान्य दिन रहनेछ। घमण्ड प्रदर्शनले हानी पुग्न सक्ने भएकाले संयम आवश्यक छ। खानपानमा लापरवाहीले पुराना रोग सक्रिय हुनसक्छन्। दाम्पत्य जीवन भने सहज रहने देखिन्छ।

२.वृष :
दिन सकारात्मक रहनेछ। आर्थिक क्षेत्रमा उन्नति हुनेछ। शिक्षा तथा वैदेशिक लगानीबाट फाइदा हुने संकेत छ। प्रेम सम्बन्ध मधुर हुनेछ।

३.मिथुन :
अनुकूल समय रहनेछ। लगानीबाट लाभ प्राप्त हुनेछ। अरुको प्रभावमा नपरी निर्णय लिनु उपयुक्त मानिन्छ। परिवार तथा प्रेम सम्बन्ध सन्तोषजनक रहनेछन्।

४.कर्कट :
शुभ दिन मानिन्छ। समाज तथा राष्ट्रहितमा सहभागिता बढ्नेछ। लगानीले प्रगति दिलाउनेछ। धार्मिक यात्रा योग छ। व्यापारी वर्ग लाभान्वित हुनेछन् तर व्यवहारमा सावधानी जरुरी रहनेछ।

५.सिंह :
समय सामान्य रहनेछ। ठूलो लगानीबाट टाढा रहन सुझाव। परिवारमा मतभेद बढ्न सक्ने भएकाले मौन र धैर्यले समस्या समाधान हुने संकेत।

६.कन्या :
अनुकूल ग्रहस्थितिका कारण काम सफल हुने सम्भावना। बौद्धिक व्यक्तिसँग भेटघाट हुनेछ। साथीहरूको साथ पाइनेछ। स्वदेशभन्दा विदेशको लगानी लाभदायी देखिन्छ।

७.तुला :
शुभ दिन। शिक्षा क्षेत्रको लगानीबाट फाइदा। आलस्य त्याग्न सके सफलता सम्भव। समाजमा सम्मान र परिवारबाट सुख प्राप्त हुनेछ। दक्षिणतर्फको यात्रा भने वर्जित मानिन्छ।

८.वृश्चिक :
सामान्य समय। आर्थिक लाभ हुनसक्छ। पारिवारिक र बन्धुत्व पक्ष सहयोगी। तर अपमान भोग्नुपर्ने स्थिति आउनसक्छ। दाम्पत्य जीवन सहज।

९.धनु :
मिहिनेतअनुसार परिणाम नआउन सक्छ। मान–प्रतिष्ठामा चुनौती देखिन्छ। आरोप–प्रत्यारोपको सामना गर्नुपर्ला। वैदेशिक लगानी भने लाभदायी देखिन्छ।

१०.मकर :
उपयुक्त दिन। आज बनाइएर सुरू गरिने योजनाले दीर्घकालीन सफलता दिलाउन सक्छ। शिक्षा तथा स्वास्थ्य पक्ष बलियो रहनेछ। सामाजिक मान बढ्ने तथा दाम्पत्य जीवन सुखमय रहने संकेत।

११.कुम्भ :
खर्च बढ्ने योग। यात्रा सम्भावना। सामाजिक क्षेत्रबाट सम्मान पाइनेछ तर दाम्पत्य सम्बन्धमा तिक्तता उत्पन्न हुनसक्ने भएकाले व्यवहारमा सजकता आवश्यक।

१२.मीन :
शुभ दिन। लगानीबाट फाइदा। सामाजिक क्षेत्रमा प्रशंसा बढ्नेछ। तर खानपानमा ध्यान नदिँदा स्वास्थ्य बिग्रन सक्ने योग। अनावश्यक खर्च पनि बढ्नसक्छ।

शेयर गर्नुहोस