आजको राशिफल : पुस १ गते मंगलबार, कुन राशिलाई कस्तो फल?

सखीखबर डट कम
पाठक संख्या - 121
पढ्न लाग्ने समाय 3 मि.

आज २०८२ साल पुस १ गते मंगलबार , पौष कृष्ण पक्षको द्वादशी तिथि रहेको छ । नक्षत्र अनुसार १२ वटा राशि निर्धारण गरिन्छ । चन्द्रमाको स्थिति र नक्षत्रका पदका आधारमा व्यक्तिको नामकरण तथा दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ । आजको दिन राशिअनुसारको फल यसप्रकार रहेको छः

१.♈ मेष :

स्वास्थ्यमा सुधार आउनेछ । पठनपाठनमा मन जानेछ । प्रियजनसँगको भेटले मन प्रसन्न बनाउनेछ । परिवारसँगको सम्बन्ध सुमधुर रहनेछ भने व्यापार–व्यवसायबाट लाभ हुने संकेत छ ।

२.♉ वृष :

दिन सामान्य रहनेछ । स्वास्थ्यमा सुधार हुनेछ । शिक्षाको क्षेत्रमा आलस्यले असर पार्न सक्छ । गफगाफमै समय बित्नेछ । सञ्चित धन खर्च हुनसक्छ । दाजुभाइसँगको सहकार्यमा गरिएको कामले राहत दिनेछ ।

३.♊ मिथुन :

दिन सामान्यभन्दा राम्रो रहनेछ । साथीको साथ र सहयोग मिल्नेछ । विदेशी लगानीबाट फाइदा हुने योग छ । विपक्षीसँग सचेत भएर काम गर्नुपर्नेछ । स्वास्थ्यमा समस्या देखिनसक्छ ।

.♋ कर्कट :

साथीभाइको सहयोग प्राप्त हुनेछ । मन प्रसन्न रहनेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ । नयाँ लुगा लगाउने सम्भावना छ । सम्पत्तिको सदुपयोग नगर्दा मानसिक खटपटी बढ्न सक्छ ।

५♌ सिंह :

दिन शुभ रहनेछ । रोगबाट मुक्त हुने संकेत छ । साथीभाइको साथले काम सहज हुनेछ । आर्जन गरेको सम्पत्तिको सही उपयोग गर्दा लाभ हुनेछ । शिक्षामा गरेको मिहिनेतको राम्रो फल प्राप्त हुनेछ ।

६.♍ कन्या :

दिन राम्रो छ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । पढाइप्रति जोस र जाँगर बढ्नेछ । अनावश्यक विवादबाट टाढा रहनु उचित हुनेछ । परिवारमा शंकाको स्थिति आउनसक्ने भएकाले सचेत रहनुहोला ।

७.♎ तुला :

मनमा उत्साह बढ्नेछ । आम्दानीका स्रोत सबल बन्नेछन् । बौद्धिक व्यक्तिसँग सल्लाह गर्दा फाइदा हुनेछ । पुरानो रोगले सताउने जोखिम छ । परिवारसँगको सम्बन्ध सुमधुर रहनेछ ।

८.♏ वृश्चिक :

सहकार्यमा अगाडि बढ्नु लाभदायक हुनेछ । शिक्षामा गरिएको प्रयास सफल बन्नेछ । खर्च बढ्ने सम्भावना छ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरे शुभ हुनेछ ।

९.♐ धनु :

दिन राम्रो रहनेछ । थोरै मिहिनेतमै महत्वपूर्ण काम सम्पन्न हुनेछ । व्यापारमा लगानी गर्नुपर्ने समय आएको छ । स्वास्थ्यमा लाभ मिल्नेछ । शत्रु सक्रिय भएकाले सचेत रहनु आवश्यक छ ।

१०.♑ मकर :

बौद्धिक क्षमता प्रदर्शन गर्ने दिन हो । कर्मशील साथीसँगको भेटले महत्वपूर्ण काम अगाडि बढ्नेछ । स्वास्थ्यप्रति विशेष ध्यान दिनुहोला ।

११♒ कुम्भ :

पठनपाठनमा मन जानेछ । धार्मिक कार्यक्रममा सहभागी हुनाले सोचेका काम बन्ने संकेत छ । बिहानै धार्मिक कार्यबाट दिनको सुरुवात गर्नु फाइदाजनक हुनेछ ।

१३.♓ मीन :

आज धनलक्ष्मी योग परेको छ । सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन हो । साथीभाइको सहयोग मिल्नेछ । राज्यका अंगसँग सम्बन्धित काम गर्ने अवसर प्राप्त हुनसक्छ । परिवारको साथ र सहयोगले मनोबल बढ्नेछ ।

शेयर गर्नुहोस