आज २०८२ साल पुस ५ गते शनिबार, तदनुसार पौष शुक्ल पक्षको प्रतिपदा तिथि रहेको छ। नक्षत्र अनुसार १२ वटा राशि निर्धारण हुने र चन्द्रमाको चाल तथा नक्षत्रका पदका आधारमा व्यक्तिको नामकरण तथा दैनिकीसम्बन्धी भविष्यवाणी गरिन्छ। आजको दिन विभिन्न राशिका जातकका लागि स्वास्थ्य, शिक्षा, व्यापार, लगानी र पारिवारिक जीवनमा फरक–फरक संकेत देखिएका छन्।
१.मेष:
आजको दिन मेष राशिका लागि सकारात्मक देखिन्छ। स्वास्थ्यमा सुधार आउनेछ भने शिक्षाको क्षेत्रमा प्रगति हुने योग छ। परीक्षा दिएका विद्यार्थीले राम्रो नतिजा प्राप्त गर्न सक्छन्। गुरुजनको सुझावअनुसार अघि बढेमा व्यवहार सहज बन्नेछ। तर राजनीतिक क्षेत्रमा भने झुटो आश्वासनले सताउने सम्भावना छ।
२.वृष:
वृष राशिका जातकका लागि अनुत्पादक क्षेत्रमा खर्च बढ्ने संकेत देखिएको छ। स्वास्थ्यमा समस्या बढ्न सक्ने भएकाले सचेत रहनु उपयुक्त हुनेछ। शिक्षामा गरिएको प्रयासमा ढिलासुस्ती देखिन सक्छ। पारिवारिक वातावरणमा खटपट हुनसक्ने भएकाले व्यवहार सुधारमा ध्यान दिनु राम्रो हुन्छ।
३.मिथुन:
मिथुन राशिका लागि स्वास्थ्यमा सुधार आउने दिन छ। विदेशभन्दा स्वदेशमै गरिएको लगानीबाट फाइदा हुने सम्भावना छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। तर सम्पत्ति अरूको हातमा पर्ने वा आफूले गरेको कामको श्रेय अरूले लिने जोखिम देखिएको छ।
४.कर्कट:
सानातिना कुरामा तर्क गर्दा घाटा हुन सक्छ। बिहान धार्मिक कार्यमा सहभागी भए दिन शान्त बन्ने संकेत छ। सामाजिक तथा राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। लगानीबाट फाइदा हुने योग छ, तर सम्पत्तिको सदुपयोगमा ध्यान दिनु आवश्यक छ।
५.सिंह:
साथीभाइबाट कामको प्रशंसा प्राप्त हुनेछ। प्राविधिक क्षेत्रमा गरिएको लगानी सफल बन्ने सम्भावना छ। स्वदेशभन्दा विदेशप्रतिको आकर्षण बढ्न सक्छ। परिवारमा विवाद उत्पन्न भए तर्क नगरी संयम अपनाउनु हितकर हुनेछ।
६.कन्या:
आज सञ्चित धन खर्च हुने जोखिम देखिएको छ। साथीभाइबाट आलोचना हुन सक्ने भएकाले सचेत रहनु राम्रो हुन्छ। ठुलो कारोबार सुरु गर्न आज उपयुक्त दिन होइन। सहकार्य गरेर अघि बढेमा फाइदा हुनेछ।
७.तुला:
बौद्धिक क्षेत्रमा गरिएको कामको चर्चा र टिप्पणी बढी हुनेछ। घरभित्रभन्दा बाहिरबाट प्रशंसा प्राप्त हुने संकेत छ। सम्पत्ति खर्च गर्नुपर्ने अवस्था आउन सक्छ। स्वास्थ्यमा लापरबाही गर्दा समस्या बढ्न सक्छ।
८.वृश्चिक:
दिन समग्रमा राम्रो छ। सहकर्मीसँग सहकार्य गर्दा काममा सहजता आउनेछ। स्वास्थ्यमा सुधार हुनेछ। प्राविधिक शिक्षामा गरिएको प्रयास सफल बन्ने योग छ। तर सानो विषयले ठूलो झन्झट निम्त्याउन सक्छ।
९.धनु:
धनु राशिका लागि आजको दिन अनुकूल छ। व्यापारमा गरिएको प्रयास सफल हुनेछ। पठनपाठनमा रुचि बढ्नेछ। कपडासम्बन्धी लगानीबाट फाइदा हुने योग छ। घुमफिरको अवसर मिल्न सक्छ, तर शिक्षामा थप मिहिनेत आवश्यक देखिन्छ।
१०.मकर:
दिन सामान्य रहनेछ। पूर्वतर्फको लामो यात्रा नगर्नु राम्रो हुनेछ। सञ्चित धन खर्च हुन सक्छ। राजनीतिक क्षेत्रमा झुक्याउने व्यक्ति धेरै भएकाले सचेत रहनु जरुरी छ। शनिदेवको प्रसन्नताका लागि पिपलको दर्शन गर्न सके मन शान्त हुनेछ।
११.कुम्भ:
कुम्भ राशिका लागि आज शुभग्रहको प्रभाव बलियो देखिन्छ। विशेषगरी शिक्षाको क्षेत्रमा गरिएको लगानीबाट लाभ हुनेछ। परिवारसँग समय बिताउने अवसर मिल्नेछ। राजनीतिक क्षेत्रमा नयाँ कदम नचाल्नु उपयुक्त देखिन्छ।
१२.मीन:
मीन राशिका लागि दिन सामान्य रूपमा राम्रो छ। उपचाररत व्यक्तिको स्वास्थ्यमा सुधार आउनेछ। शिक्षाको क्षेत्रमा भने केही निराशा आउन सक्छ। राजनीतिमा समय नदिनु राम्रो हुनेछ। पश्चिमतर्फको लामो यात्राबाट जोगिनु उपयुक्त देखिन्छ।
आजको राशिफल: पुस ५ गते शनिबार, १२ राशिको दैनिकी कस्तो रहला?
शेयर गर्नुहोस
