आजको राशिफल: विश्व ध्यान दिवसको अवसरमा १२ राशिको दैनिकी कस्तो रहला ?

सखीखबर डट कम
पाठक संख्या - 153
पढ्न लाग्ने समाय 4 मि.

आज २०८२ साल पुस ६ गते आइतबार,  पौष शुक्ल पक्षको प्रतिपदा उपरान्त द्वित्तिया तिथि परेको छ । आज विश्व ध्यान दिवस पनि मनाइँदैछ । ज्योतिष शास्त्र अनुसार चन्द्रमा र नक्षत्रका आधारमा १२ वटा राशिको दैनिकी, कामकाज, स्वास्थ्य, लगानी र पारिवारिक अवस्थाबारे भविष्यवाणी गरिन्छ । आजको दिन कुन राशिका लागि कस्तो रहला, हेर्नुहोस् आजको राशिफल
मेष :आजको दिन मेष राशिका लागि शुभ देखिन्छ । हरेक क्षेत्रमा गरिएको लगानीबाट लाभ हुने योग छ । साथीभाइको सहयोगले राजनीतिक तथा सामाजिक पहुँच विस्तार हुनेछ । विदेशसम्बन्धी लगानी लाभदायी बन्नेछ भने पारिवारिक सम्बन्ध पनि सहज रहनेछ ।
२.वृष :
एकल निर्णयमा अवरोध आउने सम्भावना छ । साथीहरूसँग सहकार्य गरेमा फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा निरन्तर प्रयास आवश्यक देखिन्छ । परिवारप्रति अत्यधिक विश्वास गर्दा धोका हुनसक्ने भएकाले सतर्क रहनु उचित हुन्छ । प्रेम सम्बन्धमा खटपटी बढ्न सक्छ ।
३.मिथुन :
लगानीका क्षेत्रमा सफलता मिल्ने दिन छ । सम्पत्तिको सही उपयोग गर्दा लाभ हुनेछ । बन्धुबान्धवसँगको सहकार्यले अड्किएका काम अघि बढ्नेछन् । बौद्धिक व्यक्तिसँगको संगतले मन प्रसन्न रहनेछ । यद्यपि, परिवारभित्र सामान्य तनाव देखिन सक्छ ।
४.कर्कट :
अनुत्पादक क्षेत्रमा लगानी गर्दा घाटा हुने संकेत छ । दाजुभाइको सल्लाहमा अघि बढे दिन सहज बन्नेछ । स्वास्थ्यतर्फ रोग प्रतिरोधात्मक क्षमता बलियो देखिन्छ । सहकर्मीबाट चुनौती आउन सक्ने भएकाले सचेत रहनु आवश्यक छ । परिवारको साथ भने प्राप्त हुनेछ ।
५.सिंह :
भाग्य उदय हुने दिन छ । लगानी र शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ । पेटसम्बन्धी समस्याले सताउन सक्ने भएकाले खानपानमा ध्यान दिनुहोस् । विपक्षी सक्रिय भए पनि आफ्नो लक्ष्यमा निरन्तर लागिरहनु सफलता दिलाउनेछ ।
६.कन्या :
दिन समग्रमा राम्रो देखिए पनि गलत ठाउँमा लगानी गर्दा ठूलो घाटा हुन सक्छ । आज आफैं लगानीमा अघि नबढ्नु उचित हुन्छ । स्वास्थ्यमा सुधार आउनेछ । परिवारको सहयोग प्राप्त हुनेछ भने प्रेम सम्बन्ध पनि सुमधुर बन्नेछ ।
७.तुला :
आज तुला राशिका लागि लाभदायी दिन छ । सम्पत्ति आर्जन हुने योग छ । शिक्षामा गरेको प्रयास सफल बन्नेछ । साथीभाइको साथले नयाँ काम सुरु गर्दा फाइदा हुनेछ । दक्षिण दिशाको लामो यात्रा भने टार्नु राम्रो हुन्छ ।
८.वृश्चिक :
दिन सहज रहनेछ । आम्दानीका स्रोत बलिया देखिन्छन् । सामाजिक क्षेत्रमा गरिएको लगानी लाभदायी हुनेछ । औषधि नियमित नगर्दा पुरानो रोग बल्झिन सक्छ । बोलीचालीमा सचेत नहुँदा पारिवारिक सम्बन्धमा खटपटी बढ्न सक्छ ।
९.धनु :
आजको दिन शुभ छ । विदेशसम्बन्धी लगानीबाट फाइदा हुनेछ । स्वास्थ्यमा सुधार आउने संकेत छ । नयाँ तथा राम्रो कामको सुरुवात हुनेछ । विपक्षी सक्रिय रहेकाले हरेक निर्णय सोचविचार गरेर लिनु आवश्यक छ ।
१०.मकर :
सञ्चित धन खर्च हुने सम्भावना छ । सहकर्मीसँग सहकार्य गरेर मात्र निर्णय लिनु उपयुक्त हुन्छ । विपक्षीको सम्मान नगर्दा समस्या आउन सक्छ । पारिवारिक व्यवहारमा सचेत नहुँदा घाटा हुनसक्छ ।
११.कुम्भ :
दिन राम्रो छ । दीर्घकालीन योजना बनाउन अनुकूल समय छ । गुरुसँगको परामर्शले मन हलुका हुनेछ । परिवारको साथ मिल्नेछ भने साथीहरूले महत्त्वपूर्ण काममा सहयोग गर्नेछन् ।
१२.मीन :
दैनिकी सहज रहनेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । बोली र व्यवहारमा असन्तुलन हुँदा विवाद बढ्न सक्छ । बोलेको कुरा पूरा गर्नुपर्ने दबाब रहनेछ । पूर्व दिशाको लामो यात्रा नगर्नु राम्रो हुन्छ । बिहान पिपलको दर्शन गरेमा दिन अझ सहज बन्ने विश्वास छ ।

शेयर गर्नुहोस