आजको राशिफल : पुस ७ गते, अधिकांश राशिका लागि शुभ संकेत

सखीखबर डट कम
पाठक संख्या - 160
पढ्न लाग्ने समाय 4 मि.

आज २०८२ साल पुस ७ गते सोमबार, पौष शुक्ल पक्षको द्वितिया उपरान्त तृतिया तिथि रहेको छ । वैदिक ज्योतिष शास्त्र अनुसार नक्षत्रका आधारमा १२ वटा राशि निर्धारण गरिन्छ । चन्द्रमाको स्थिति र नक्षत्रका पदका आधारमा व्यक्तिको दैनिकी, स्वास्थ्य, शिक्षा, व्यापार तथा पारिवारिक जीवनको विषयमा भविष्यवाणी गरिन्छ । आजको दिन अधिकांश राशिका लागि सकारात्मक देखिएको छ ।
१.मेष :
दिन अनुकूल रहेको छ । व्यापारमा गरेको प्रयास सफल हुने संकेत देखिएको छ । शिक्षा क्षेत्रमा गरेको मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ भने राज्यको तर्फबाट सेवाको अवसर मिल्ने सम्भावना रहेको छ ।
२.वृष :
शुभग्रहको बहुमत रहेको आजको दिन सानो दानबाट पनि ठूला काम बन्ने योग छ । विपक्षी पक्ष शान्त भएकाले सोचेअनुसार काम गर्दा लाभ हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने संकेत देखिन्छ ।
३.मिथुन :
बन्धुजनसँगको कारोबारबाट फाइदा हुनेछ । स्वास्थ्यमा सुधार देखिए पनि शिक्षा क्षेत्रमा केही ढिलासुस्ती हुनसक्छ । परिवारको सुझाव अनुसार अघि बढे उत्साह बढ्नेछ । साथीको सहयोगले महत्त्वपूर्ण काम सम्पन्न हुनेछ ।
४.कर्कट :
आजको दिन सहज रहनेछ । आज गरिएका काम दीर्घकालसम्म लाभदायी बन्नेछन् । काम गर्दा सचेत रहनुपर्ने आवश्यकता देखिन्छ । शिक्षा क्षेत्रमा सफलता मिल्नेछ भने राज्य सेवाको अवसर प्राप्त हुनसक्छ । परिवारमा उत्साहको वातावरण बन्नेछ ।
५.सिंह :
स्वास्थ्यमा सुधार आउनेछ । तर अनावश्यक र कडा शब्द सार्वजनिक हुनसक्ने भएकाले संयमित बोली आवश्यक देखिन्छ । परिवारबाट विश्वासघातको जोखिम रहनुका साथै पूर्वतर्फको लामो यात्रा टार्नु उपयुक्त हुनेछ । विदेशमा गरिएको लगानीप्रति आकर्षण बढ्नेछ ।
६.कन्या :
दिन राम्रो रहेको छ । दैनिक काम सहजै सम्पन्न हुनेछन् । सानो कुराले मन अशान्त भए पनि गुरुसँगको भेटले मानसिक शान्ति मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । परिवारसँग रमाइलो र घुमफिरको अवसर मिल्ने संकेत छ ।
७.तुला :
आम्दानी बढ्ने योग छ । साना कुरामा अल्झिनुभन्दा महत्त्वपूर्ण कामलाई प्राथमिकता दिनु लाभदायी हुनेछ । शिक्षा क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । पारिवारिक सम्बन्ध थप सुदृढ बन्नेछ ।
८.वृश्चिक :
शुभग्रहको प्रभावका कारण महत्त्वपूर्ण काम बन्नेछ । दाजुभाइसँगको सहकार्यले उन्नति हुनेछ । खानपानमा लापरबाही गर्दा स्वास्थ्य समस्या देखिनसक्छ । परिवारप्रतिको कर्तव्य पूरा गर्दै अघि बढ्नुपर्ने दिन छ ।
९.धनु :
दिन सकारात्मक छ । धन आर्जनको राम्रो समय सुरु भएको छ । सरकारी कामभन्दा निजी प्रयासबाट अघि बढ्नु लाभदायी हुनेछ । सरकारी सेवामा रहेका व्यक्तिलाई बढुवाको सम्भावना छ । उपचाररत व्यक्तिको स्वास्थ्यमा सुधार आउनेछ । साथीभाइसँगको भेटले मन शान्त बन्नेछ ।
१०.मकर :
दिन सामान्य रहनेछ । साथीभाइबाट आक्रमण वा विवादको जोखिम देखिन्छ । सहकर्मीभन्दा बाहिरका व्यक्तिबाट प्रशंसा प्राप्त हुनेछ । पूर्वतर्फको लामो यात्रा नगर्नु उपयुक्त हुन्छ । धार्मिक व्यक्तिसँगको भेटले मानसिक शान्ति मिल्नेछ । बिहान पिपलको दर्शन गरे दिन सहज बन्ने विश्वास गरिएको छ ।
११.कुम्भ :
शुभग्रहको प्रभावले काम बन्नेछ । धार्मिक अभियान्तासँगको परामर्श लाभदायी हुनेछ । स्वास्थ्यमा समस्या देखिनसक्ने भएकाले सचेत रहनु आवश्यक छ । साथीभाइको साथ र सहयोग भने प्राप्त हुनेछ ।
१२.मीन :
सोचेको काम सम्पन्न हुने संकेत देखिन्छ । बोली र व्यवहारमा एकरूपता आवश्यक छ । मनमा झन्झट बढ्नसक्छ भने स्वास्थ्य समस्याको जोखिम पनि देखिएको छ । प्राविधिक शिक्षामा गरिएको लगानीबाट फाइदा हुनेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

शेयर गर्नुहोस