जिन्नाद बाबा कृषि सहकारी संस्थाको १२औँ वार्षिक साधारण सभा सम्पन्न

सखीखबर डट कम
पाठक संख्या - 158
पढ्न लाग्ने समाय 1 मि.
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0; algolist: 0; multi-frame: 1; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 2;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: weather?null, icon:null, weatherInfo:100;temperature: 28;

मिति २०८२/०९/०५ गते जिन्नाद बाबा कृषि सहकारी संस्था लिमिटेडको १२औँ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष श्री केदार साहको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको छ।
साधारण सभाका प्रमुख अतिथि प्रसौनी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष इस्लाम मियाँ रहनु भएको थियो भने विशेष अतिथिका रूपमा कृषि, पशुपन्छी तथा सहकारी प्रशिक्षक सञ्जय कुशवाहाको उपस्थिति रहेको थियो। साथै सभामा वडा सदस्यहरू, इलाका प्रहरी कार्यालय गण्डकका प्रतिनिधि प्रहरी सहायक निरीक्षक, पत्रकारहरू मानिकचन्द साह र श्यामल गिरी, संस्थाका शेयर सदस्यहरू तथा स्थानीय समाजसेवी नवलकिशोर साहलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।


प्रसौनी गाउँपालिका वडा नं. ७ मा आयोजित उक्त सभाको उद्घाटन अध्यक्ष र प्रमुख अतिथिले संयुक्त रूपमा दियो बालेर गर्नुभएको थियो।

सभालाई सम्बोधन गर्दै विशेष अतिथि सञ्जय कुशवाहाले कृषि सहकारीहरू सहकारीका मूल्य, मान्यता र सिद्धान्तमा आधारित भएर सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो। उहाँले स्थानीय स्रोत र साधनको प्रयोग गरी मूल्य शृङ्खलामा आधारित कार्यक्रम सञ्चालन गर्दै सहकारीलाई अगाडि बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा संस्थाका प्रवन्धक श्रीलाल साहले जानकारी गराउँदै निशुल्क जीवन बीमा सुविधा तथा नियमित बचत गर्ने र छनोट भएका सदस्यहरूलाई पुरस्कार वितरण गरिएको बताउनुभयो।
साधारण सभाले सहकारीको आर्थिक, सामाजिक तथा संस्थागत विकासमा सहयोग पुगने भुलन प्रसाद साह बताए।

शेयर गर्नुहोस