पौष ९, काठमाडौं : राहदानी विभागले अब दुई दिनभित्र राहदानी उपलब्ध गराउने जनाएको छ। विभागका अनुसार कूल तीन लाख ९६ हजार थान राहदानी छपाइ भई आपूर्ति भइसकेको छ र आवश्यक परेकालाई तत्कालै राहदानी प्रदान गरिनेछ।
यसअघि अन्तरिम अवधिका लागि सात लाख थान राहदानी पुस्तिका उपलब्ध गराउने निर्णय गरिएको थियो। राहदानी पुस्तिकाको पर्याप्त आपूर्तिसँगै विभागले अहिले पूर्ण क्षमतामा राहदानी वैयक्तिकरण तथा वितरण प्रक्रिया अघि बढाएको जनाएको छ।
विभागका अनुसार जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगमार्फत आवेदन दिएका सेवाग्राहीलाई क्रमशः राहदानी उपलब्ध गराइनेछ। गत मंसिर १५ गतेसम्म आवेदन दिएका व्यक्तिलाई यही पुस १५ गतेसम्म नयाँ राहदानी उपलब्ध गराइनेछ भने त्यसपछि आवेदन दिएकालाई क्रम अनुसार वितरण गरिनेछ।
अन्तरिम अवधिका लागि पर्याप्त राहदानी पुस्तिका उपलब्ध भइसकेकाले अब राहदानी वितरण प्रक्रिया सहज र नियमित हुने विभागले स्पष्ट पारेको छ।
अब दुई दिनभित्र राहदानी उपलब्ध गराइने,
शेयर गर्नुहोस
