आज २०८२ साल पुस १० गते बिहीबार पौष शुक्ल पक्षको पञ्चमी तिथि तथा आज विश्वभर क्रिसमस डे मनाइँदैछ । ज्योतिष शास्त्रअनुसार चन्द्रमाको स्थिति र नक्षत्रका आधारमा १२ राशिको दैनिकीबारे गरिएको भविष्यवाणी यस प्रकार रहेको छः
१.मेष :
दिन अनुकूल रहेको छ । थालेका काम सफल हुने संकेत छन् । मन प्रसन्न रहनेछ । राज्यको माथिल्लो तहबाट सहयोग प्राप्त हुनसक्ने देखिन्छ । राजनीतिक क्षेत्रमा अवसर मिल्ने योग छ । परिवारसँग समय बिताउँदै रमाइलो गर्ने दिन हो । प्रेम सम्बन्ध थप सुमधुर बन्नेछ ।
२.वृष :
दिन राम्रो छ । बिहानको समयमा गरिएको कामबाट लाभ मिल्नेछ । रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ । मन खुशी रहने भए पनि स्वास्थ्यमा सानो समस्या देखिन सक्छ । रोजगारीका विषयमा भने सचेत भएर अगाडि बढ्नुपर्ने देखिन्छ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।
३.मिथुन :
पठनपाठनप्रति रुचि बढ्ने दिन छ । शिक्षा क्षेत्रमा गरिएको लगानीबाट लाभ हुने संकेत छन् । राज्य सेवासम्बन्धी कार्यमा फाइदा हुनेछ । विपक्षी पक्ष कमजोर भएकाले काम सहज बन्नेछ । तर परिवारमा सानो विषयले मनमुटाब बढ्नसक्छ ।
४.कर्कट :
दिन सामान्य रहनेछ । गर्दै आएको व्यवसाय वा काममा अवरोध देखिन सक्छ । नजिकको साथीबाटै असहयोग हुनसक्ने जोखिम छ । सामूहिक कार्यबाट भने फाइदा हुनेछ । परिवारसँग समय बिताउँदै रमाइलो गर्न सकिनेछ ।
५.सिंह :
साथीसँगको भेटघाटले मनको तनाव कम हुनेछ । आफूभन्दा ठूला व्यक्तिको सल्लाहले काम सफल बन्नेछ । स्वास्थ्यले साथ दिनेछ । परिवारसँग रमाइलो गरेर दिन बित्नेछ । प्रेम सम्बन्धमा पनि मिठास बढ्नेछ ।
६.कन्या :
साथीभाइको सहयोग प्राप्त हुनेछ । स्वास्थ्य राम्रो रहनेछ । परिवारसँगको सम्बन्ध सुदृढ बन्ने योग छ । अनावश्यक खर्च बढ्नसक्ने भएकाले सचेत रहनु आवश्यक छ । आज नयाँ कामको सुरुवात नगर्नु उपयुक्त हुनेछ ।
७.तुला :
मनमा उत्साह र उमङ्ग बढ्नेछ । राज्यबाट मान–सम्मान प्राप्त हुने योग छ । अग्रज व्यक्तिसँगको छलफल लाभदायक बन्नेछ । शिक्षा क्षेत्रमा खुसीको समाचार सुन्न पाइने सम्भावना छ ।
८.वृश्चिक :
सञ्चित धन खर्च हुने संकेत छन् । शिक्षामा ढिलासुस्ती बढ्नसक्ने जोखिम देखिन्छ । रोगसँग लड्ने क्षमता भने मजबुत हुनेछ । ठूला कामको सुरुवात नगर्नु राम्रो हुनेछ । परिवार तथा प्रेम सम्बन्धमा मनमुटाब हुनसक्छ ।
९.धनु :
दिन अत्यन्त राम्रो रहनेछ । आम्दानीका हिसाबले दिन सबल देखिन्छ । लगानीको क्षेत्रमा हिम्मत गर्नुपर्ने समय छ । व्यापारमा फाइदा हुनेछ । राज्य सेवामा संलग्न हुनुहुन्छ भने पदोन्नतिको योग छ । काम सफल पार्न नम्रता आवश्यक हुनेछ । परिवारभन्दा बाहिरका साथीबाट बढी साथ मिल्नेछ ।
१०मकर :
दिन सामान्यभन्दा राम्रो छ । शुभ ग्रहको प्रभावले दैनिक काम सहज बन्नेछ । वैदेशिक लगानी वा अवसरबाट मन उत्साहित हुनेछ । राजनीतिक सहकर्मीको साथ मिल्नेछ । परिवारभित्र मनमुटाब बढ्नसक्ने भएकाले कम बोल्नु हितकर हुनेछ ।
११.कुम्भ :
धार्मिक कार्यमा संलग्न हुँदा मन शान्त रहनेछ । रोगसँग लड्ने क्षमता बढ्नेछ । स्वास्थ्य राम्रो हुँदा मानसिक सन्तुलन कायम रहनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।
१२.मीन :
पुरानो रोगले सताउने जोखिम छ । मनमा बेचैनी बढ्नसक्छ । गणेश भगवानको दर्शन गरी दिनको सुरुवात गरेमा लाभ मिल्नेछ । पश्चिम दिशातर्फको लामो यात्रा नगर्नु उचित हुनेछ । परिवारसँगको सम्बन्ध भने सुमधुर रहनेछ ।
आजको राशिफल : पुस १० गते बिहीबार
शेयर गर्नुहोस
