नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माद्वारा पदभार ग्रहण

सखीखबर डट कम
पाठक संख्या - 138
पढ्न लाग्ने समाय 1 मि.

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले शुक्रबार औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा सपथग्रहण गरेलगत्तै मन्त्री शर्मा परराष्ट्र मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन्।
पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री शर्माले मुलुक र मन्त्रालयको हितलाई केन्द्रमा राखेर आफूले जिम्मेवारी सम्हालेको स्पष्ट पारे। उनले मुलुकको दायित्व सबैको साझा भएको उल्लेख गर्दै नियमित कार्यप्रक्रियामा कुनै पनि अवरोध नआओस् भन्ने आफ्नो प्राथमिकता रहेको बताए।
मन्त्री शर्माले भने, “मुलुक हाम्रो हो। जति हामी खाली राख्छौं, उति समस्या खडा हुनसक्छ। त्यसकारण रुटिन प्रक्रियामा बाधा नपरोस् र मन्त्रालयको उद्धार वा प्रगति हुन्छ भनेदेखि हामीले रोक्नु हुँदैन भन्ने लागेर म आएको हुँ।”
उनले परराष्ट्र मन्त्रालयमार्फत राष्ट्रिय हित प्रवर्द्धन, कूटनीतिक सम्बन्ध सुदृढीकरण तथा संस्थागत कार्यसम्पादनलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

शेयर गर्नुहोस