आजको राशिफल

सखीखबर डट कम
पाठक संख्या - 100
पढ्न लाग्ने समाय 3 मि.

आज २०८२ साल पुस १७ गते बिहीबार  राष्ट्रिय पोसाक दिवस तथा टोपी दिवस पनि मनाइँदै छ। पुस शुक्ल पक्षको त्रयोदशी तिथि रहेको छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् भने चन्द्रमाको स्थिति र नक्षत्रका पदका आधारमा व्यक्तिको दैनिकी तथा भविष्यको विषयमा भविष्यवाणी गरिन्छ।
आजको दिन कस्तो रहला त तपाईंको लागि? हेर्नुहोस्, आजको राशिफलः
१.मेष :
आजको दिन शुभ छ। दैनिक कामकाज सहजै सम्पन्न हुनेछन्। स्वास्थ्यले साथ दिनेछ भने शिक्षाको क्षेत्रमा गरिएको प्रयास सफल बन्नेछ। राज्यका महत्त्वपूर्ण क्षेत्रमा सेवाको अवसर प्राप्त हुनसक्छ।
२.वृष :
शुभकार्यमा मन जानेछ। यद्यपि स्वास्थ्यमा केही समस्या देखिन सक्छ। दाजुभाइसँगको सहकार्यले फाइदा पुग्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ।
३.मिथुन :
अनुत्पादक क्षेत्रमा हुने खर्च कटौती गर्नु पर्ने दिन छ। बोल्नु अघि सोच-विचार गर्न आवश्यक देखिन्छ। परिवारसँग समय बिताउने योजना बन्नेछ। साथीभाइको संगत लाभदायी हुनेछ। धार्मिक गतिविधिमा सहभागी हुँदा मन शान्त हुनेछ।
४.कर्कट :
मन प्रसन्न रहनेछ। मिष्ठान्न भोजनको योग छ। दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा उन्नति देखिनेछ।
५.सिंह :
शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। परीक्षा दिएको भए राम्रो नतिजा प्राप्त हुनसक्छ। विदेशप्रति आकर्षण बढ्नेछ। वैदेशिक लगानीबाट लाभ मिल्ने सम्भावना छ। प्रेम सम्बन्ध सुमधुर रहनेछ।
६.कन्या :
दाजुभाइसँगको सहकार्य सफल बन्नेछ। शिक्षामा गरिएको लगानीबाट फाइदा हुनेछ। विपक्षीबाट पनि प्रशंसा पाइनेछ। आफन्तलाई खुशी पार्न भने केही कठिनाइ आउन सक्छ। प्रेम सम्बन्धमा खटपटी बढ्न सक्छ।
७.तुला :
दिन सामान्य रहनेछ। स्वास्थ्य समस्या देखिने जोखिम छ। यात्राको योजना भए स्थगित गर्नु उपयुक्त हुनेछ। परिवारबाट धोका हुने सम्भावनाप्रति सचेत रहनुहोस्।
८.वृश्चिक :
आजको दिन राम्रो छ। स्वास्थ्यमा सुधार आउनेछ। उपचाररत हुनुहुन्छ भने सकारात्मक परिणाम देखिनेछ। परिवारबाट धोका हुनसक्ने भएकाले सजग रहनु आवश्यक छ। प्रेम सम्बन्धमा विवादको जोखिम देखिन्छ।
९.धनु :
सञ्चित धन खर्च हुने योग छ। साना कुराले मन खिन्न हुन सक्छ। प्राविधिक शिक्षामा गरिएको लगानीबाट फाइदा हुनेछ। संकटको समयमा परिवारको साथ मिल्नेछ।
१०.मकर :
दैनिक कामकाज सहजै सम्पन्न हुनेछन्। स्वास्थ्यमा सुधार देखिनेछ। लगानीको क्षेत्रमा उत्साह बढ्नेछ। विपक्षीको सहयोगमा महत्त्वपूर्ण काम बन्नेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्न सक्छ।
११.कुम्भ :
दिन सामान्य रहनेछ। कामकाज सहज भए पनि बौद्धिक क्षेत्रमा साथीहरूको असहयोग हुनसक्छ। गोपनीयतामा विशेष ध्यान दिनुहोस्। प्रेम सम्बन्धमा सुधार आउनेछ। राजनीतिक क्षेत्रमा गरिएको लगानीबाट लाभ मिल्न सक्छ।
१२.मीन :
बोलीमा सरस्वतीको बास रहनेछ। परोपकारका काममा सक्रिय रहनु शुभ हुनेछ। गुरुबाट अपेक्षित सहयोग नपाउँदा मन दुःखी हुन सक्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा ठगीको जोखिम रहेकाले सावधानी अपनाउनु उचित हुनेछ।

शेयर गर्नुहोस