तराई मधेश क्षेत्रमा पछिल्लो समय सडक दुर्घटनाको दर बढ्दै गएको छ। तथ्याङ्क अनुसार, नेपालमा सवारी दुर्घटनामा मृत्यु हुनेमध्ये २१ प्रतिशत मधेश प्रदेशका नागरिक छन्। तर दुर्घटना न्यूनिकरणका लागि भइरहेका प्रयासहरू पर्याप्त प्रभावकारी हुन सकेका छैनन्।
चालु आर्थिक वर्षको मंसिरसम्ममा देशभर १३ हजार ८८० सडक दुर्घटनामा १०४२ जनाको मृत्यु भएको छ भने ५६८५ जना घाइते भएका छन्। मधेश प्रदेशमा मात्रै ३४८४ दुर्घटनामा २२० जनाको मृत्यु र ५६८५ जना घाइते भएका छन्। मृत्यु हुनेमध्ये १७ देखि ३० वर्ष उमेरका युवाहरू बढी छन्।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैयाका अनुसार महोत्तरी जिल्लामा मात्रै पछिल्लो ६ महिनामा अघिल्लो वर्षभन्दा दुर्घटना बढेको छ। प्रमुख गोविन्द थपलियाले युवामा सडक सुरक्षा सचेतना ल्याउन नसक्दा दुर्घटना बढिरहेको बताए।
स्थानीयले दुर्घटनाको प्रमुख कारणहरूमा तिव्र गति, सडकको दुरावस्था, र युवाहरूले लागुपदार्थ सेवन गरी सवारी चलाउनु रहेको बताएका छन्। मधेश प्रदेशमा सडक दुर्घटनामा १६ देखि ४० वर्ष उमेरका बढी घाइते र मृत्यु हुने गरेको तथ्यांक छ।
दुर्घटना रोकथामका लागि नियमित चेक, मापसे परीक्षण, विद्यालय र क्याम्पसमा सचेतना कक्षा, पर्चा–स्टिकर जस्ता कार्यक्रम बढाउनु पर्ने सुझाव स्थानीयले दिएका छन्।
मधेशमा सडक दुर्घटना बढ्दै, युवामाथि बढी प्रभाव
शेयर गर्नुहोस
