आज ग्रह–नक्षत्रको चाल अनुसार १२ राशिका जातकका लागि फरक–फरक संकेत देखिएका छन्। केही राशिका लागि दिन अत्यन्त शुभ र फलदायी देखिएको छ भने केहीले सचेत रहँदै काम गर्नुपर्ने अवस्था छ। आजको दैनिक राशिफल यसप्रकार छः
१.मेष : आजको दिन तपाईंका लागि शुभ छ। पैसा प्राप्ति, सम्मान वृद्धि तथा व्यवसायबाट सन्तुष्टि मिल्ने देखिन्छ। थालेका काम सफल हुने सम्भावना छ।
२.वृष : उत्तम समय आएको छ। धन लाभ, मानसिक स्वस्थता तथा सुख–सन्तोष प्राप्त हुनेछ। व्यापार–व्यवसायमा लाभको योग छ।
३.मिथुन : समय बलियो देखिन्छ। साथीभाइ तथा इष्टमित्रबाट सहयोग वा उपहार पाउन सक्नुहुन्छ। व्यापार–पेसामा सफलता मिल्ने संकेत छ।
४.कर्कट : समय अनुकूल छैन। दुर्घटना, रोगव्याधिको भय तथा काममा असफलता हुनसक्ने भएकाले सावधानी अपनाउनु उचित हुन्छ।
५.सिंह : शुभ समयको आगमन भएको छ। सुख, धन लाभ, मिष्ठान्न भोजन तथा इष्टमित्रको सहयोग प्राप्त हुने योग छ।
६.कन्या : दिन उत्तम फलदायी रहनेछ। कार्य सिद्धि, आवश्यक वस्तु वा सेवाको प्राप्ति तथा शारीरिक स्वास्थ्य राम्रो रहने देखिन्छ।
७.तुला : समय शुभ छ। राज्य पक्षबाट लाभ, इज्जत–प्रतिष्ठामा वृद्धि तथा पढाइमा सफलता मिल्ने संकेत छ।
८.वृश्चिक : समय अनुकूल नभएकाले काममा बाधा, धन तथा समयको नोक्सानी र स्वास्थ्यसम्बन्धी समस्या देखिन सक्छ। सतर्कता आवश्यक छ।
९.धनु : दिन बलवान् छ। अड्किएका समस्या समाधान हुने, यश–कीर्ति बढ्ने तथा वाहन–सुख र धन लाभको योग छ।
१०.मकर : तपाईंका लागि दिन शुभ छ। पढाइ, प्रतियोगिता तथा मुद्दामामिला आदिमा विजय र लाभ प्राप्त हुनसक्छ।
११.कुम्भ : समय उत्तम छ। कार्य सिद्धि, स्वास्थ्य लाभ, सन्तान–सुख तथा मानसिक सुखानुभूति प्राप्त हुने देखिन्छ।
१२.मीन : सजग रहनुहोस्। इष्टमित्रसँग विवाद, व्यर्थको दौडधूप तथा दिनचर्या अस्तव्यस्त हुनसक्ने सम्भावना छ।
आजको राशिफल
शेयर गर्नुहोस
