तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो, पहाडी–हिमाली भू–भागमा आंशिक बदली र हल्का वर्षा/हिमपातको सम्भावना

सखीखबर डट कम
पाठक संख्या - 100
पढ्न लाग्ने समाय 1 मि.

देशभर अहिले पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराईका अधिकांश स्थानहरू आज दिउँसो हुस्सु र कुहिरोले ढाकिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही प्रदेशमा भने आंशिक बदली रहनेछ।
महाशाखाका अनुसार अहिले तराईका स्थानहरू प्रायः हुस्सुले ढाकिएका छन्। देशका पहाडी तथा हिमाली भू–भागमा आज साधारण बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहनेछ।
कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ भने उच्च पहाडी र हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना देखिएको छ।
आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ, बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ। तराईका केही स्थानमा राति पनि हुस्सु रहनेछ।
मौसम पूर्वानुमान महाशाखाले तराईमा हुस्सुको प्रभावका कारण दैनिक जनजीवन, स्वास्थ्य र सडक यातायातमा आंशिक असर पर्न सक्ने चेतावनी जारी गर्दै सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन तथा दैनिक अद्यावधिक मौसम सूचनाको जानकारी लिन अनुरोध गरेको छ।

शेयर गर्नुहोस