आजको राशिफल: पुस २२ गते मंगलबार

सखीखबर डट कम
पाठक संख्या - 104
पढ्न लाग्ने समाय 3 मि.

पुस २२ गते मंगलबार, आजको राशिफल सार्वजनिक गरिएको छ । नक्षत्र र चन्द्रमाको अवस्थाका आधारमा तयार गरिएको राशिफलले व्यक्तिको दैनिकी, स्वास्थ्य, आर्थिक अवस्था, पारिवारिक तथा सामाजिक जीवनका बारेमा संकेत गर्दछ ।
आजको दिन १२ वटै राशिका लागि फरक–फरक प्रभाव देखिने ज्योतिषीय विश्लेषण गरिएको छ ।
१.मेष :
आजको दिन सामान्य रहनेछ । अनुत्पादक क्षेत्रमा हुने खर्च घटाउनु लाभदायी हुनेछ । विदेशप्रतिको आकर्षण बढ्नेछ । विदेशमा गरिएको लगानीबाट फाइदा हुने संकेत छ । स्वास्थ्यमा सुधार देखिनेछ ।
२.वृष :
आम्दानीका अवसर प्राप्त हुनेछन् । अनावश्यक विवादले घाटा पुर्‍याउन सक्ने भएकाले सतर्क रहनु उचित हुनेछ । पूर्वतर्फको लामो यात्रा नगर्नु राम्रो हुनेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ ।
३.मिथुन :
दिन सामान्य रहनेछ । इज्जत जोगाउन धन खर्च गर्नुपर्ने परिस्थिति आउन सक्छ । साथीभाइबाट अपेक्षित सहयोग नपाइने भएकाले काम गर्दा सचेत हुनुपर्नेछ । पारिवारिक सहयोग मिल्नेछ ।
४.कर्कट :
साथीभाइबाट सहयोग प्राप्त हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । धार्मिक व्यक्तिबाट सहयोग मिल्ने संकेत छ । परिवारसँग समय बिताउने अवसर प्राप्त हुनेछ ।
५.सिंह :
आम्दानी हुने दिन छ । मिष्ठान्न भोजनको योग छ । घुमफिरको योजना बन्न सक्नेछ । पारिवारिक सम्बन्ध थप सुमधुर बन्नेछ ।
६.कन्या :
आज बोली प्रभावशाली रहनेछ । आफन्तभन्दा बाहिरका व्यक्तिबाट प्रशंसा पाइनेछ । स्वास्थ्यमा भने सचेत रहनुपर्ने देखिन्छ । परिवारको साथ र सहयोग मिल्नेछ ।
७.तुला :
तपाईंको बोलीले अरूलाई फाइदा पुग्नेछ । बोल्दा विवेक पुर्‍याउनु आवश्यक छ । सरकारी सेवामा रहेका व्यक्तिका लागि बढुवाको योग छ । परिवारसँग रमाइलो समय बित्नेछ ।
८.वृश्चिक :
भाग्यको उदय हुने दिन छ । आज गरिएका निर्णय दीर्घकालीन रूपमा फलदायी हुनेछन् । बिहान पिपलको दर्शन गर्नाले सकारात्मक प्रभाव पर्न सक्छ । आम्दानीका दृष्टिले दिन सहज छ ।
९.धनु :
विश्वास गरेका व्यक्तिबाट असहयोग हुनसक्ने भएकाले गोपनीय कुरा बाहिर नल्याउनु राम्रो हुनेछ । साना कुराले मन अशान्त बन्न सक्छ । परिवारको साथ भने प्राप्त हुनेछ ।
१०.मकर :
सञ्चित धन खर्च हुने योग छ । दाजुभाइसँगको सहकार्यबाट फाइदा हुनेछ । पठनपाठनमा रुचि बढ्नेछ । स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले सतर्क रहनु आवश्यक छ ।
११.कुम्भ :
मन अशान्त रहने सम्भावना छ । साना कुरामा झन्झट बढ्न सक्छ । स्वास्थ्यप्रति सचेत रहनु आवश्यक छ । शत्रु कमजोर रहने भएकाले महत्त्वपूर्ण काम बन्नेछ ।
१२.मीन :
मन शान्त रहनेछ । व्यवहार गर्दा विवेक अपनाउनु आवश्यक छ । शिक्षामा केही घाटा देखिए पनि बोली र व्यवहारमा एकरूपता राख्न सके दिन सहज बन्नेछ ।

शेयर गर्नुहोस