फेटा गाउँपालिका, बारा : सखी महिलाको साथी संस्थाले नयाँ सदस्यता खुला गरेको जनाएको छ। इच्छुक व्यक्तिहरूले सदस्यताको लागि निवेदन तथा नागरिकताको फोटोकपी सहित सोझै संस्थाको कार्यालयमा वा इमेल मार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
संस्थाका अनुसार सदस्यता लिन चाहने आवेदकले फेटा गाउँपालिका वडा नं. १, टोल भलुहीस्थित सखी महिलाको साथीको कार्यालयमा आवश्यक कागजात सहित निवेदन पेश गर्न सक्नेछन्। साथै, vacancy.shakhibara@gmail.com मा इमेल मार्फत पनि आवेदन दिन सकिने जनाइएको छ।
इमेल पठाउँदा विषय (Subject) मा “सदस्यता को लागि निवेदन” वा “Application for Membership” स्पष्ट रूपमा उल्लेख गर्न आग्रह गरिएको छ। यसका अतिरिक्त, इच्छुक व्यक्तिहरूले गुगल फर्ममार्फत पनि निवेदन दिन सक्ने व्यवस्था मिलाइएको संस्था प्रबन्धक प्रीयाका कुश्वाहाले जनाएको छ।
संस्थाले महिला सशक्तिकरण, सामाजिक विकास तथा समुदायस्तरीय विभिन्न कार्यक्रममार्फत सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। सदस्यता प्रक्रियाबारे थप जानकारीका लागि कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

https://forms.gle/7czAWfW4fVogk8bj6
