बिस्वम्मरपुर लामखुट्टे नियन्त्रण तथा सरसफाइ सम्बन्धी संवाद कार्यक्रम सम्पन्न

सखीखबर डट कम
पाठक संख्या - 293
पढ्न लाग्ने समाय 1 मि.

बैशाख ६बारा: कलैया उपमहानगरपालिका–११, बिस्वम्मरपुर  टोलमा लामखुट्टे नियन्त्रण तथा सरसफाइ सम्बन्धी एक महत्वपूर्ण संवाद कार्यक्रम सम्पन्न भएको छ। सामाजिक परिवर्तन केन्द्रको आयोजनामा सम्पन्न उक्त कार्यक्रम वडा नं. ११ का अध्यक्ष अजय कुश्वाहाको अध्यक्षतामा सञ्चालन गरिएको थियो।

छलफलका क्रममा मुकेश चन्द्र कुश्वाहाले सरसफाइ र पानी व्यवस्थापनलाई मुख्य उपायका रूपमा जोड दिनुभयो भने रामनाथ कुश्वाहाले लामखुट्टेको लार्भा नष्ट गर्न विषादीको उचित प्रयोग आवश्यक रहेको धारणा राख्नुभयो। रहिस अन्सारीले आफ्नो वडामा रहेका खाल्डाखुल्डी पुरी पानी जम्न नदिनुपर्ने आवश्यकता औंल्याउनुभयो।

 


त्यस्तै, अशोक कुश्वाहाले स्थानीय निकायसँग समन्वय गरी दीर्घकालीन रूपमा लामखुट्टे नियन्त्रणका कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। धर्मराज ठाकुरले लामखुट्टेको जीवनचक्र नष्ट गर्न सामूहिक प्रयास अपरिहार्य रहेकोमा जोड दिनुभयो।


कार्यक्रममा लामखुट्टेबाट सर्ने रोगहरू डेंगु, मलेरिया, चिकनगुनिया र इन्सेफ्लाइटिस बारे पनि जानकारी दिइएको थियो। समाजसेवी हिरामती कुश्वाहाले यी रोगहरूको जोखिम बढ्दै गएको भन्दै सचेतना अभिवृद्धि अत्यन्त आवश्यक रहेको बताउनुभयो।


कार्यक्रममा बोल्दै वडा अध्यक्ष अजय कुश्वाहाले उठाइएका समस्याहरू कार्यपालिकाको बैठकमा पेश गरी आवश्यक निर्णय गरिने प्रतिबद्धता जनाउनुभयो।


सामाजिक परिवर्तन केन्द्र, काठमाडौंका प्रतिनिधि बिक्की कुश्वाहाले लामखुट्टे वृद्धि हुनुका कारण, त्यसबाट सर्ने रोग, दीर्घकालीन प्रभाव तथा नियन्त्रणका उपायबारे सहजीकरण गर्नुभएको थियो। कार्यक्रमको समापन तथा धन्यवाद ज्ञापन पनि उहाँले नै गर्नुभएको थियो।

 

शेयर गर्नुहोस