योजना तर्जुमामा नागरिक सहभागिता सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

सखीखबर डट कम
पाठक संख्या - 117
पढ्न लाग्ने समाय 1 मि.

फागुन १०गते बारा :कलैया उपमहानगरपालिका–२, दोहरी टोलमा मिति २०८३ साल वैशाख १० गते योजना तर्जुमामा नागरिक सहभागिता सम्बन्धी १दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम वार्ड नं. २ का अध्यक्ष राजेश महतोको अध्यक्षतामा सञ्चालन गरिएको थियो।


कार्यक्रम सामाजिक परिवर्तन केन्द्रको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा वार्ड अध्यक्ष राजेश महतो, सामाजिक अभियन्ता हिरामती कुशवाहा, वार्ड सदस्यहरू मनोज साह, ललिता देवी राम, राजकुमारी तथा सरोज एग्रो सप्लायर्सका प्रोप्राइटर सरोज साह लगायत स्थानीय युवा, कृषक तथा जनसमुदायको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा जम्मा ५२ जनाको उपस्थिति रहेको थियो।


कार्यक्रममा सामाजिक परिवर्तन केन्द्रका प्रतिनिधि अनिस खत्रीले प्रशिक्षण तथा सहजीकरण गर्दै योजना तर्जमामा नागरिकको भूमिका, प्राथमिकता निर्धारणका आधार, योजना निर्माण प्रक्रिया तथा सरकारी निकायसँगको समन्वयका विषयमा विस्तृत रूपमा छलफल गराउनुभएको थियो।


त्यसैगरी, समूहगत छलफलमार्फत योजना निर्माण प्रक्रियालाई व्यवहारिक र प्रभावकारी बनाउने प्रयास गरिएको थियो।

कार्यक्रममा सहजीकरण अनिस खत्री, बिक्की कुशवाहा तथा सामाजिक अभियन्ता हिरामती कुशवाहाले संयुक्त रूपमा गर्नुभएको थियो।


कार्यक्रमको उद्देश्य स्थानीय तहमा योजना निर्माण प्रक्रियामा नागरिकको सहभागिता बढाउने तथा सामूहिक सोचमार्फत प्रभावकारी विकासलाई अगाडि बढाउने रहेको सामाजिक परिवर्तन केन्द्रका प्रतिनिधि बिक्की कुशवाहाले जानकारी दिनुभयो। कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।

शेयर गर्नुहोस