योजना तर्जुमामा नागरिक सहभागिता सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

सखीखबर डट कम
पाठक संख्या - 214
पढ्न लाग्ने समाय 1 मि.

बैशाख १२बारा:फेटा गाउँपालिका वडा नं. ७, गम्हरिया टोलमा मिति २०८३ साल वैशाख १२ गते योजना तर्जमामा नागरिक सहभागिता सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम वडा नं. ७ अन्तर्गत रहेको ने.रा.बि. गम्हरियाको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रधुमन साहको अध्यक्षतामा सञ्चालन गरिएको थियो।


कार्यक्रम सामाजिक परिवर्तन केन्द्रको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा सखी महिलाको साथी हिरामती कुशवाहा, सामाजिक अभियन्ता राजकिशोर साह, गम्हरिया फाउन्डेसनका अभय तिवारी, श्री मनकामना माइ कृषि सहकारी संस्था लि. का अध्यक्ष पशुराम साह लगायत स्थानीय युवा, कृषक तथा सर्वसाधारणको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा जम्मा ३५ जनाको उपस्थिति रहेको थियो।

 

कार्यक्रम अन्तर्गत सहभागीहरूलाई ३ वटा समूहमा विभाजन गरी प्रयोगात्मक अभ्यास गराइएको थियो। जसअनुसार पहिलो समूहको प्रस्तुति नरेस साह, दोस्रो समूहको प्रस्तुति रामपुकार साह र तेस्रो समूहको प्रस्तुति राजकिशोर साहले गर्नुभएको थियो।


कार्यक्रमको उद्देश्य स्थानीय तहमा योजना निर्माण प्रक्रियामा नागरिक सहभागिता अभिवृद्धि गर्दै सामूहिक सोचमार्फत प्रभावकारी विकासलाई अगाडि बढाउनु रहेको सामाजिक परिवर्तन केन्द्रका प्रतिनिधि बिक्की कुशवाहाले जानकारी दिनुभयो। आयोजकका अनुसार कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

शेयर गर्नुहोस