Dynamic Technosoft को १६औँ वार्षिकोत्सव भव्य एवं सभ्य वातावरणमा सम्पन्न

सखीखबर डट कम
पाठक संख्या - 116
पढ्न लाग्ने समाय 1 मि.

नेपालको सूचना प्रविधि (IT) क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको Dynamic Technosoft को १६औँ वार्षिकोत्सव चितवनस्थित River Bank Side Resort मा भव्य तथा गरिमामय रूपमा सम्पन्न भएको छ। कार्यक्रममा कम्पनीका नेपालभर रहेका विभिन्न शाखा कार्यालयका सम्पूर्ण टिम सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

नेपालको IT क्षेत्रमा आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको कम्पनीले प्रविधिमार्फत सेवा विस्तार, दक्ष जनशक्ति उत्पादन तथा डिजिटल विकासमा निरन्तर योगदान पुर्‍याउँदै आएको जनाएको छ। उक्त अवसरमा कम्पनीको संस्थागत विकास, प्रविधि क्षेत्रमा पुर्‍याएको योगदान तथा आगामी रणनीतिक योजनामाथि विशेष चर्चा गरिएको थियो। साथै कम्पनीमा दीर्घकालीन रूपमा उत्कृष्ट, जिम्मेवार तथा प्रशंसनीय कार्यसम्पादन गर्दै आएका कर्मचारीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।

हाल नेपालमा सफल रूपमा सेवा विस्तार गरिसकेको Dynamic Technosoft ले आफ्नो सेवा भारतसम्म विस्तार गरिसकेको तथा निकट भविष्यमै दुबईमा समेत कार्यालय स्थापना गर्ने तयारी भइरहेको जानकारी गराइएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत (CEO) Deepak Sah ले कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा थप सशक्त रूपमा स्थापित गर्ने लक्ष्यसहित अगाडि बढिरहेको बताउनुभयो। त्यसैगरी कम्पनीका प्रमुख प्रविधि अधिकृत (CTO) Sachin Sah ले कर्मचारीहरूको निरन्तर मेहनत, समर्पण तथा योगदानप्रति आभार व्यक्त गर्दै कम्पनीले सीप विकाससँगै सम्मानजनक कार्य वातावरण प्रदान गरिरहेको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रम सौहार्दपूर्ण वातावरण, पारस्परिक सम्मान तथा संस्थागत एकताको भावनासहित सफलतापूर्वक सम्पन्न भएको कम्पनीले जनाएको छ।

शेयर गर्नुहोस