फेटा–१ भलुहीमा बृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना हुने

सखीखबर डट कम
पाठक संख्या - 454
पढ्न लाग्ने समाय 1 मि.

भलुही, बारा : सामाजिक तथा मानवीय सेवामा सक्रिय संस्था “सखी : महिलाको साथी” ले फेटा गाउँपालिका–१, भलुहीमा बृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।
संस्थाले आयोजना गर्न लागेको उक्त कार्यक्रम आगामी २०८३ साल जेठ ९ गते शनिबार बिहान ७:०० बजेदेखि सञ्चालन हुने जनाइएको छ। कार्यक्रम सखी संस्थाको कार्यालय प्राङ्गण, फेटा–१ भलुही मा आयोजना गरिनेछ।
संस्थाका अनुसार रक्त अभावका कारण विभिन्न बिरामी तथा दुर्घटनामा परेका व्यक्तिहरूले समस्या भोगिरहेको अवस्थालाई मध्यनजर गर्दै मानवीय सेवाको उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। “रक्तदान नै जीवनदान हो” भन्ने सन्देशसहित सञ्चालन हुने कार्यक्रममा स्वेच्छिक रूपमा सहभागी भई रक्तदान गर्न सम्पूर्ण आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई आग्रह गरिएको छ।
संस्थाले केही मिनेटको समय र केही थोपा रगतले कसैको जीवन बचाउन सकिने भएकाले सबैलाई मानवताको यस पुण्य कार्यमा सहभागी हुन अनुरोध गरेको छ।
कार्यक्रम सम्बन्धी थप जानकारीका लागि ९७४५८२७३३३ ९८४५२२४५२१ नम्बरमा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।

शेयर गर्नुहोस