बारा,पर्सा लगायत मधेस प्रदेशमै खासगरी बालिका तथा किशोरीहरु सजग हुनुपर्ने देखीन्छ । खासगरी विधालयमा अध्ययनरत किशोरीहरु प्रत्यक्ष र अप्रत्यक्ष रुपमा यौनजन्य हिंसा घटनाको बढी जोखिममा पर्ने गरेका छन् ।
किशोरीहरुलाई प्रलोभनमा पार्ने वा छक्याउन सजिलो पर्ने भएकोले दुराचारीले किशोरी समूहले रोज्ने भएकोले सचेत हुनपर्ने देखीन्छ ।
यता कानुनले विवाह गर्ने उमेर २० वर्ष तोकेको छ । कानुनमा लागु भएपनि व्यवहारमा भने कार्यान्वयन हालसम्म हुन सकेको छैन । सानै उमेरमा आमा बन्ने किशोरीको सङ्ख्या भने अहिले पनि कम छैैन ।
अभिभावकले मात्र नभई समयमै सचेतना दिन नसक्दा किशोरीहरु आफुखुशी सानै उमेरमा भागि विवाह गर्ने गरेको कारण अझ जोखीम बढ्दै गएको सरोकारवाला बताउँछन् ।
मुलुकी देवानी (संहिता) ऐन २०७४ को पारिवारिक कानुनको परिच्छेद १ का अनुसार विवाह गर्ने उमेर केटा र केटीको २० वर्ष तोकिएको छ ।
उमेर नपुगी विवाह गर्दा कतैबाट उजुरी परे गल्तीको प्रकृति हेरी (जबर्जस्ती वा ललाइफकाई) विवाह गराउने घरपरिवार वा नातेदारसमेतलाई कारबाही हुने अधिवक्ता विरेन्द्र यादव बताउँछन् ।
२० वर्ष नपुगी विवाह गर्दा केटा र केटीको मञ्जुरी नै भए पनि कानुनी रूपमा त्यसले मान्यता नपाउनेसम्मको प्रावधान रहेको अधिवक्ता यादवको भनाइ छ । सरकारले कानुन नै बनाएर विवाह गर्ने उमेर २० वर्ष तोके पनि त्यसको कार्यान्वयन प्रभावकारी नहुँदा सानैमा विवाह गर्ने प्रवृत्तिलाई रोक्नु ठूलो चुनौती देखिएको छ ।