बारा फेटा १ का दलित समुदायको विचल्ली

सखीखबर डट कम
पाठक संख्या - 19
पढ्न लाग्ने समाय 2 मि.

बाराको फेटा गाउँपालिका वडा नम्बर १ अन्तर्गत रहेका दलित समुदायका मानिसहरुको विच्चली भएको छ ।

उनीहरुले वर्षाैदेखी आफ्नै देशमा अनागरीक भएर बस्नुपरेको गुनासो गरेका छन् । उतm समुदायमा खासगरी बालबालिकाहरु जन्मदर्ता नहुँदा विधालय जानबाट बञ्चिन हुन पुगेका छन् भने उतm समुदायका महिलाहरु पुरुषहरुले नागरीकता नपाएका कारण राज्ले प्रदान गर्ने हरेक सेवा सुविधाबाट बञ्चित त भएकै छन् साथै आफ्नो र आफ्ना बालबच्चाको पेट पाल्न समेत धौ धौ परीरहेको गुनासो गरेका छन् ।

स्थानीय रवि राम भन्छन् , न आफ्नो भन्ने सम्पती नै छ न त रोजगार न त नागरीकता नै । जसरी पनि बाँचिएको छ । हाम्रो बाउ बाजेले पनि नागरीकताकै लागि कुर्दा कुर्दै वितेर गए अब हामी पनि सायद बाचुँञ्जेल आफ्नो नागरीकता पाउने छैनौ जस्तो लाग्न थाल्यो । हामीले आफ्नो जीवनको आधा भन्दा बढी जीवन जसो तसो कष्ट मै वितायौ । अनागरीक भएर बस्यौँ कम्तीमा हाम्रो सन्तानले यस्तो अवस्थाको सामाना गर्न नपरोस् भन्ने चाहना हो ।

त्यस्तै स्थानीय रमिता देवीले भनिन् ,जाँहा पनि जाँदा नागरीकता माग्छन् अनि विधालयमा जन्मदर्ता माग्छन् । न नागरीकता छ न त जन्मदर्ता । पाए पो दिनु, हामीलाई कसैले सहयोग नै गर्दैनन् । चुनावको बेला सबै तिर जान्छन् हामीलाई नागरीकता बनाईदिने आश्वासन त दिन्छन् तर दिनका दिन धाईरहँदा खुटट चप्पल सबै खिईसक्यो तर अझ आलटाल गरेरै पठाईदिन्छन् । हाम्रो लागि बोलिदिने त कोही छैन ।

यी दुई यस्ता समस्याका प्रतीनीधी पात्र मात्र हुन् । यस्ता करीब ३० घरधुरीका बासिन्दा फेटा गाउँपालिकाका विभिन्न वडामा पिडीत छन् । जस्ले नागरीकता नै नभएको कारण न त कतै जागिर पाईरहेका छन् न त कमाउन आफ्नो खर्चको जोहो गर्न विदेश जान नै सकेका छन् ।

शेयर गर्नुहोस