बाराको कोल्हवीमा पाँच बर्षिया बालिका श्रावण २७ गते बलात्कृत भएकी छिन।कोल्हवी नगरपालिका स्थित एक वडामा भएको उक्त घटना बालिकाले परिवारलाई जानकारी दिए पछि उक्त घटना बाहिर आएको हो।बालिकाले आफ्नो आमालाई आफुलाई पिसाब फेर्न अप्ठ्यारो भएको र दुखेको बताए पछि कोल्हवी बजार स्थित जननाएक अस्पतालमा चेक जाचका क्रममा नाबालिक बलात्कृत भएको खबर डा. ले परिवारलाई बताएको थियो।
तीन दिन पछि श्रावण ३० गते चेक जाचका क्रममा अस्पतालले उक्त कुरा भने पछि बालिकाकी आमाले प्रहरिकोमा जबर्जस्ती करणी सम्बन्धी निवेदन ई.प्र.का कोल्हबी लाई दिएकी थिईन।
जाहेरी लगत्तै ई.प्र.का कोल्हविका प्रहरी निरीक्षक किसन बस्नेतले दुई घण्टा भित्र आरोपिलाई पक्राउ गरेको थियो।पक्राउ पछि पिडित नाबालिकाको बलात्कृत पुस्टिका लागि स्वाब परिक्षण गर्दा बलात्कार भएको पुष्टि भए पछि आरोपित १४ बर्षिया बालकलाई आजनै पुर्पक्षका लागि बाल सुधार गृह बिरगन्ज पठाईएको प्रहरी निरीक्षक बस्नेतले बताउनु भएको छ।
कानुनी प्राबधान अनुसार १४ बर्ष देखि १६ बर्षका बलात्कारमा दोषी ठहरिए जन्म कैदको आधी सजाय माफ हुने रहेको छ।त्यसैले जिल्ला अदालत बाराले आज फैसला गर्दै उक्त बलात्कृतमा दोषी ठहर भएका १४ बर्षिया बालकलाई नियम सङत सुधार गृह पठाएको छ।
ई.प्र.का कोल्हविमा प्रहरी निरीक्षक बस्नेत आए देखि अपराध न्यूनीकरण र दुई नम्बरी गर्ने हरु माथी कडा निगरानी गर्दै आईरहेका छन।यस संगै प्रहरी निरीक्षक बस्नेत श्रावण महिनाको बारा प्रहरी बाट उत्कृष्ट प्रहरी निरीक्षक घोषित समेत भएका छन।