दलित समुदायको रोजगार र उद्यमशीलता ः अवसरको अभाव र विभेदको मार

सखीखबर डट कम
पाठक संख्या - 14
पढ्न लाग्ने समाय 3 मि.

नेपालमा शिक्षा, सीप र क्षमताअनुसार रोजगार र पारिश्रमिक पाउनु हरेक नागरिकको मौलिक अधिकार हो। तथापि, हालसालै, दलित समुदायका युवाहरु रोजगारीको अवसर र उचित पारिश्रमिकको वातावरण नपाएको गुनासो बढ्दो क्रममा छ। बढ्दो राजनीतिक खिचातानी, अस्थिरता, र महँगीले गर्दा देशभरिका धेरै युवाले आफ्नो योग्यताअनुसारको रोजगारी प्राप्त गर्न कठिनाइ भोगिरहेका छन्। यस्तै, दलित समुदायका युवाहरुका लागि यो अवस्था झनै कष्टकर बनेको छ।

दलित समुदायका युवाहरुले उच्च शिक्षा हासिल गरे पनि उनीहरूलाई रोजगारीका अवसरहरूमा विभेद भएको अनुभव भइरहन्छ। नतिजास्वरूप, उनीहरूका लागि जीवनयापन गर्न आवश्यक साधनस्रोत जुटाउन धौधौ परेको छ। यसका साथै, दलित समुदायका परम्परागत उद्यमशीलतामा संलग्न युवाहरुले पनि सरकारी सहयोग वा अवसरको अभावले उनीहरूको व्यवसाय बढ्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

जात व्यवस्थाले नेपालमा उद्यमी बन्ने अवसरलाई सीमित गर्दै दलित समुदायलाई पछाडि पारिरहेको उनीहरूको गुनासो छ। दलित युवाहरुले सञ्चालन गरेका होटल, रेस्टुरेन्ट, तथा अन्य व्यवसायहरूमा जातीय विभेदका कारण ग्राहकहरूको कमी देखिने गरेको उनीहरूको अनुभव छ। यसले गर्दा दलित उद्यमशीलताले सामाजिक पूर्वाग्रहको सामना गर्नुपरेको छ, जसले उनीहरूको आर्थिक प्रगतिको गति सुस्त बनाएको छ।

दलित समुदायका सीप र सिर्जनाको उचित सम्मान र मान्यता नपाउनुले उनीहरूको आत्मसम्मानलाई चोट पुर्याएको छ। सीप र श्रमको कदर गर्नुपर्ने ठाउँमा, उनीहरूले अपमान र अस्वीकृतिको सामना गरिरहेका छन्।

यस प्रकारको समस्यालाई सम्बोधन गर्न राज्यले समावेशी नीति ल्याउनुका साथै जातीय विभेद अन्त्य गर्न ठोस कदम चाल्नुपर्ने आवश्यकता छ। सबै समुदायलाई समान अवसर र सम्मान प्रदान गर्न सकेमा मात्रै नेपालले समृद्ध र न्यायपूर्ण समाजको परिकल्पना गर्न सक्छ।

बाराको फेटामा रोजगार अभावका कारण मागेर जीविकोपार्जन, सरकारी सहयोगको अभावमा स्थानीयको पीडा

बाराको फेटा गाउँपालिका वडा नम्बर १ मा थुप्रै परिवारहरू रोजगारीको अभावमा कष्टकर जीवन बिताउन बाध्य भएका छन्। रोजगारीको अवसर नपाउँदा कतिपय परिवारहरू मागेर गुजारा चलाउनुपरेको छ, तर उनीहरूको समस्याप्रति सम्बन्धित निकायहरूले कुनै चासो नदेखाएको स्थानीयहरूले गुनासो गरेका छन्। उनीहरूले सरकारी निकायबाट अपनत्व र सहयोग महशुस गर्न सकेका छैनन्, जसले गर्दा उनीहरूको स्थिति अझै जटिल बनेको छ।

दलित समुदायका ती परिवारका लागि भने ूसखी महिलाको साथीू नामक गैरसरकारी संस्था आशाको किरण बनेको छ। संस्थाले रोजगारी सिर्जना र सीप विकासको माध्यमबाट उनीहरूको जीवनस्तर सुधार्ने प्रयास गरिरहेको छ। संस्थाका कार्यक्रम संयोजक राजेश कुश्वाहाका अनुसार, उक्त संस्था सीपमूलक तालिम र रोजगारमूलक कार्यमा सहयोग गर्दै स्थानीय बासिन्दालाई आत्मनिर्भर बनाउने प्रयासमा जुटेको छ।

तर, यी प्रयासहरू पर्याप्त नभएको स्थानीयको भनाइ छ। उनीहरूले प्रभावकारी सरकारी हस्तक्षेपको आवश्यकता महशुस गरेका छन्, जसले स्थायी समाधान ल्याउन सक्ने विश्वास राखेका छन्।

 

 

 

 

शेयर गर्नुहोस