सुशासन सम्बन्धी ३ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

सखीखबर डट कम
पाठक संख्या - 61
पढ्न लाग्ने समाय 2 मि.

माघ ११, बारा ।

युएसएड को आर्थिक सहयोगमा द एसिया फाउण्डेशन मुख्य कार्यान्वयन कर्ता रहेको नागरिक समाज र सञ्चार कार्यक्रम अन्र्तगत सखी: महिलाको साथीको सहकार्यमा फेटा गाउँपालिका वडा नं. १ मा संचालन भइरहेको स्थानिय शासन प्रणालीमा सिमान्कृत समुदायका लागि सशतिmकरण परियोजना  अन्तर्गत  दलित सुशासन संजालका ३० जना च्यामिपयनहरुको सक्रिय सहभागितामा सुशासन सम्बन्धी ३ दिने क्षमता अभिवृद्धि तालिम मिति २०८१।१०।९गते देखी ११ गते सम्म ( तदअनुसार २२ देखी २४ जनवरी २०२५सम्म ) सम्पन्न भएको छ ।

सखीका कार्यक्रम अधिकृत राजेश कुशवाहाले सहभागीहरुलाई स्वागत मन्तबय व्यक्त गरेका थिए । सखी संस्थाका कार्यक्रम संयोजक राजु कुमार साहले तालिमको उदेश्य अन्तर्गत स्थानीय तहको संरचनामा विशेष जोड दिँदै नेपालको शासन संरचनाको आधारभूत बुझाइ विकास गर्ने, च्याम्पियनको आत्मविश्वास निर्माण गर्न र दलित, सीमान्तकृत अपाङ्गता भएका व्यक्ति र यौनिक अल्पसख्यक समुदायको प्रतिनिधित्व गर्ने नेताको रूपमा स्थापित गर्ने रहेकाे जानकारी गराए ।

द्लित समुदायका सदस्यहरूको अधिकार र पालिका स्तरमा ७ चरण योजना छनोट प्रक्रियाको बारेमा जानकारी प्रदान गर्न, नेटवर्क च्याम्पियनहरूलाई नागरिक अधिकार प्राप्त गर्न प्रभावकारी नेतृत्व भूमिकाहरु, योजना प्रक्रिया र निर्णय प्रक्रियामा भाग लिँदा दलित समुदायले सामना गर्ने चुनौतीहरूको बारेमा तालिमा सिकाइएकाे छ ।

च्याम्पियनहरूलाई स्थानीय सरकारको वकालत गर्न र समुदाय योजना प्रक्रियाप्रति जवाफदेही बनाउनका लागि नागरिक समाजकाे कस्ताे भुमिका हुने हाे त्यस बारेमा सहभागिहरू विशेष रूपले सिकाइएकाे थियाे ।  लिङ्ग र लैङ्गिक समानताको बारेमा आधारभूत ज्ञान , नेटवर्किङको अवधारणा र नेटवर्क च्याम्पियनहरूको भूमिकामा यसलाई कसरी लागू गर्न सकिन्छ भन्ने बारेमा सहभागीहरु सम्क्ष प्रस्तुत गराइएकाे थियाे  । यस तिन दिने तालिमका प्रशिक्षक मुनिलाल बैठा र पुनम ठाकुरले विभिन्न उदारहण, खेल र पावरपोइन्ट मार्फत प्रस्तुत गरेका थिए । समापन मन्तबय क्रमममा सहभागीहरुले सुशासन प्रबद्र्धन गर्नको लागि पालिका समन्वय गर्ने, तालिममा सिकेका कुरा समुदायका सदस्यहरुसँग साझा गर्ने र मौलिक अधिकार प्राप्तीकाका लागि वडा प्रतिनिधीहरुसँग समन्वय गर्ने बारेमा प्रतिबद्धता व्यक्त गरेका थिए ।

शेयर गर्नुहोस