सखी: महिलाको साथी संस्थाले FRIDA | The Young Feminist Fund को आर्थिक सहयोगमा संचालित Girls Access to Computer Literacy परियोजना अन्तर्गत किशोरीहरुलाई निःशुल्क रूपमा प्रदान गरिने कंप्यूटर कक्षाको आज एक कार्यक्रम गरी उद्घाटन गरेका छ ।
कार्यक्रमको प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अन्य अतिथिहरुले संयुक्त रूपमा कंप्यूटर ल्याबको कोठाको रिविन काटी उद्घाटन गरेका थिए भने सखी संस्थाले महिला, किशोरी तथा बालबालिकाको क्षेत्रमा गरेको कामको सराहना गरेका थिए। प्रमुख अतिथि विनोद प्रसाद जयवरले भने ” सखी संस्थाले किशोरीहरुको लागि सञ्चालन गर्दै आएको कराँते क्लब यो क्षेत्रको नमूना कामको रूपमा भए जस्तै कंप्यूटर क्लास पनि रहेको छ। यसले किशोरीहरूले आधुनिक युगमा जागिर गर्न तथा अन्य अध्ययनको क्षेत्रमा पनि सहयोग गर्ने भएकोले यसबाट सबैलाई फाइदा लिन पनि अनुरोध गरे। त्यस्तै भविष्यमा आउने कुनै पनि किसिमको सहयोगको लागि प्रसौनी गाउँपालिका सदा तयार रहने जनाए।

उक्त कार्यक्रमको अध्यक्षता सखी संस्थाकी उपाध्यक्ष रुबी खातुनले गरेकी थिइन् भने प्रमुख अतिथिमा प्रसौनी गाउँपालिका अध्यक्ष श्री विनोद प्रसाद जयास्वर, विशिष्ट अतिथिमा प्रसौनी गाउँपालिकाका उपाध्यक्ष श्रीमती किरण देवी साह, अतिथिमा युवा नेता तथा समाजसेवी प्रदीप साह, शंकर यादव, प्रभु दास, श्यामसुन्दर पंडित, सखी संस्थाकी सचिव ललिता देवी तथा कंप्यूटर शिक्षक सचिन महाथा रहेका थिए। कार्यक्रम सञ्चालन सखी संस्थाकी कार्यकारी निर्देशक प्रियंका कुमारी कुशवाहाले गरेकी थिइन्।
तीन महिना सम्म पढाइ हुने कंप्यूटर बेसिक कोर्स पहिलेको सेसनमा जम्मा ८० जना किशोरीहरु निःशुल्क रूपमा कंप्यूटर सिक्नेछन्। एक सिफ्टमा २० जना हुने तथा एक दिनमा ४ सिफ्ट कक्षा सञ्चालन हुनेछ। यो परियोजना दुई वर्षसम्म रहने हुनाले करिब ६४० जना भन्दा बढी किशोरीहरुलाई कंप्यूटर पढाइने कुरा संस्थाकी कार्यकारी निर्देशक प्रियंका कुमारी कुशवाहाले जनाइन्।