उनीहरूलाई बच्चै रहन देऊ!!

सखीखबर डट कम
पाठक संख्या - 302
पढ्न लाग्ने समाय 1 मि.

उनीहरूलाई बच्चै रहन देऊ

ती निर्दोष आँखाहरू हेर,

सपनाले भरिएका, उज्यालो झैँ फेर।

कसरी आमाबुबाले सके,

बाल्यकाल चोरेर विवाहमा धकेले?   

खेल्ने उमेर, पढ्ने बेला,

किन थमाइयो भारी झैँ जेल?

कलम र किताबको सट्टा,

किन राखियो भान्सामा हात?

साना हातहरू खेल्नै पर्ने,

सपनाका बाटोहरू टेक्नै पर्ने।

तर तिनीहरू घाउ बोकेर,

नयाँ घरको पीडा लेख्नै पर्ने?

हातमा कलम, मनमा आशा,

किन दियो चोटको भाषा?

नसिकाऊ चुप बस्न, सहन,

आकाश छुने अधिकार देऊ,

उनीहरूलाई बच्चै रहन देऊ।

:- रिंकु कुमारी ठाकुर

शेयर गर्नुहोस