फेटा गाउँपालिका-१, भलुहि – सखी संस्थाको आयोजनामा तथा Women’s Fund Asia को सहयोगमा सञ्चालित “Preventing Child Marriage through Strengthening Leadership Capacity of Marginalised Girls and Community” परियोजनाअन्तर्गत फेटा गाउँपालिका वार्ड नं. १, भलुहि टोलमा बसोबास गर्ने गरीब दलित समुदायका बालिकाहरुलाई निःशुल्क ट्युसन सेन्टरमार्फत शैक्षिक सामग्री वितरण गरिएको छ।
शैक्षिक सामग्री वितरण कार्यक्रममा ३१ जना बालिकाहरुलाई कापी १६ थान, कलम एक प्याकेट, पेन्सिल एक प्याकेट, तथा इरेजर एक प्याकेट वितरण गरिएको थियो।
सखी संस्थाका कार्यकारी निर्देशक प्रियंका कुमारी कुशवाहाले बालिकाहरुको शिक्षामा पहुँच स्थापना तथा विद्यालय जान प्रोत्साहन गर्नका लागि उक्त सामग्री वितरण गरिएको बताइन्। साथै, उनले अभिभावकहरुलाई छोरीहरुलाई पनि विद्यालय पठाउन आग्रह गर्दै शिक्षाको महत्त्वबारे जागरूक गराइन्।
कार्यक्रममा सखी संस्थाका कार्यक्रम संयोजक अनिल कुमार कुशवाहा तथा ट्युसन टिचर पूजा कुमारीको उपस्थिति रहेको थियो।
