मंसिर शुक्ल पक्षको पष्ठी तिथि, २०८२ साल मंसिर १० गते बुधबार (सन् २०२५ नोभेम्बर २६) का लागि ग्रह–नक्षत्रको आधारमा तयार गरिएको आजको राशिफल यसप्रकार छ। चन्द्रमाको गति तथा नक्षत्रका पदअनुसार व्यक्तिको दैनिकी, स्वास्थ्य, धन–सम्पत्ति र मनोदशामा असर पर्ने मानिन्छ।
१.मेष
दिन सामान्य रहनेछ। सञ्चित धन खर्च हुनसक्छ भने दाजुभाइबाट अपेक्षित सहयोग नपाइनेछ। अप्रिय खबर सुन्नुपर्ने स्थिति आउन सक्छ। खानपानमा लापरबाही गर्दा स्वास्थ्यमा समस्या देखिन सक्छ। यद्यपि भोलि प्राप्त हुने सफलताको सोचले मन खुशी रहनेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ।
२.वृष
आजको दिन शुभ रहेको छ। शिक्षामा प्रगति गर्ने अवसर मिल्नेछ। अनावश्यक तर्क–वितर्कभन्दा आफ्नो काममा ध्यान दिनु उपयुक्त हुनेछ। सामाजिक क्षेत्रमा सेवा र योगदान गर्ने अवसर प्राप्त हुनेछ।
३.मिथुन
सानो कुराले मन खिन्न बन्ने सम्भावना छ। तर शिक्षामा गरेको लगानीबाट उत्साहजनक फल प्राप्त हुनेछ। पठन–पाठनमा जोस बढ्नेछ। परिवारमा मनमुटाव हुनसक्ने हुँदा विवादबाट टाढै बस्नु राम्रो हुनेछ।
४.कर्कट
दिन सहज रहनेछ। बन्धुसँगको सहकार्यले काममा सफलता मिल्नेछ। बौद्धिक व्यक्तिसँगको भेटघाटले मन प्रसन्न बन्नेछ। दान–पुण्य गरेर दिनको सुरुआत गर्नु लाभदायक हुनेछ। साथीसँगको सम्बन्ध सामान्य रहनेछ।
५.सिंह
आजको दिन उत्कृष्ट छ। साथीको साथमा नयाँ कार्य सुरु गर्दा फाइदा हुनेछ। खानपानमा ध्यान नदिँदा पेटसम्बन्धी समस्या हुनसक्छ। निजी शिक्षामा गरेको लगानीबाट लाभ मिल्नेछ। तर परिवारमा अलिकति खटपट बढ्ने जोखिम रहन्छ।
६.कन्या
शुभ दिन। मधुर वाणीले महत्वपूर्ण काम बन्नेछ। राज्यपक्षबाट राहत वा सहयोग पाउने संकेत छ। सामाजिक क्षेत्रमा सक्रियता बढ्दा सम्मान वृद्धि हुनेछ। प्रेम सम्बन्धमा पनि मिठास आउनेछ।
७.तुला
दिन सामान्य रहनेछ। सञ्चित धन खर्च हुनुका साथै विरोधी सक्रिय हुने सम्भावना छ, त्यसैले व्यवहारमा सतर्क रहनु आवश्यक छ। दाजुभाइको साथमा अगाडि बढेमा दिन सहज बन्नेछ। महिलासँगको सहकार्य पुरुषको भन्दा सफल रहनेछ।
८.वृश्चिक
दिन मिश्रित रहन सक्छ। मिहिनेत गरेमा आय–आर्जनका स्रोत बलियो बन्नेछन्। साना कुरामा अल्झिनाले समस्या बढ्न सक्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारले पूर्ण साथ दिनेछ।
९.धनु
आज शुभफल प्राप्त हुनेछ। भाग्य स्थानमा चन्द्रमाको उपस्थिति लाभदायक छ। स्पष्ट वक्ता बन्नु फाइदाजनक हुनेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। बौद्धिक सहयोग नपाए पनि विदेशमा गरेको लगानीबाट राम्रो लाभ मिल्ने संकेत छ।
१०.मकर
दिन सामान्य रहनेछ। साढेसातीको अन्तिम चरणमा रहेकाले केही चुनौती देखिन सक्छ। तपाईंले गरेको राम्रो कामको श्रेय अरुले लिन खोज्न सक्छन्, त्यसैले सजग रहनु उचित हुनेछ। राज्यपक्षबाट अन्याय हुन सक्ने भएकोले सचेत रहनुपर्छ। पुराना साथीबाट सहयोग प्राप्त हुनेछ।
११.कुम्भ
खर्च बढ्नेछ र काममा झन्झट थपिन सक्छ। खानपानमा बेवास्ता गरे रोगले सताउन सक्छ। सामाजिक सेवामा भने अवसर प्राप्त हुनेछ। परोपकार तथा सेवामूलक कार्यमा लागे मन शान्त रहनेछ।
१२.मीन
दिन सामान्य तर फलदायी रहनेछ। प्राविधिक शिक्षा तथा विदेशमा गरिएको लगानीबाट फाइदा हुनेछ। बिहान शिवभजन सुनेमा मानसिक शान्ति मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने संकेत छ।
