राष्ट्र बैंकले नयाँ सय रुपैयाँ नोट जारी गर्दै, आजदेखि बजारमा उपलब्ध

सखीखबर डट कम
पाठक संख्या - 267
पढ्न लाग्ने समाय 1 मि.

मंसिर ११, काठमाडौं : नेपाल राष्ट्र बैंकले सय रुपैयाँको नयाँ नोट बजारमा ल्याउने तयारी पूरा गरेको जनाएको छ। बैंकले सार्वजनिक सूचना जारी गर्दै संकेत नं क२० ०००००१ देखि घ४० ९९९९९९ सम्मका नोटहरू आजबाट प्रचलनमा ल्याइने जानकारी दिएको हो।नयाँ नोटमा आधुनिक सुरक्षा विशेषतासहित नेपाली पहिचान झल्कने मुख्य दृश्यहरू समावेश गरिएको छ।

नयाँ १०० रुपैयाँ नोटका प्रमुख विशेषताहरू

बायाँतर्फ: विश्वकै सर्वोच्च शिखर सगरमाथाको सुन्दर चित्र

मध्यभाग: नेपालको नक्सा अंकित

दायाँतर्फ: राष्ट्रिय फूल लालीगुराँसको पानी छाप

सुरक्षा धागो: नक्कली नोट रोकथामका लागि उच्च गुणस्तरको सुरक्षा स्ट्रिप

रंग र डिजाइन: पहिलाका नोटको तुलनामा अझ स्पष्ट र पहिचान गर्न सहजराष्ट्र बैंकका अनुसार नयाँ नोट जारीसँगै पुराना नोट पनि समान रूपमा चलनचल्तीमा रहने छन्। नयाँ डिजाइनले नकली नोट नियन्त्रण, सहज पहिचान, र नगद कारोबारमा विश्वास वृद्धि गर्ने उद्देश्य राखिएको छ।

बैंकले नोटको संवेदनशीलता र सुरक्षाका कारण सुरक्षित रूपमा प्रयोग गर्न तथा च्यातिएमा नजिकैको बैंक शाखामा साट्न सकिने व्यवस्था भएको जनाएको छ।

शेयर गर्नुहोस