आज मंसिर १३ गते शनिबारको राशिफल

सखीखबर डट कम
पाठक संख्या - 276
पढ्न लाग्ने समाय 2 मि.

काठमाडौँ : आज २०८२ साल मंसिर १३ गते, शनिबार (तदनुसार सन् २०२५ नोभेम्बर २९) मंसिर शुक्ल पक्षको नवमी तिथिमा आधारित बार्है राशिका व्यक्तिहरूका दैनिकी तथा सम्भावनाहरूबारे ज्योतिषीय पूर्वानुमान सार्वजनिक गरिएको छ। चन्द्रमा अनुसार निर्धारण हुने राशि र नक्षत्रका आधारमा आजको दिनले धेरैको यश, लाभ तथा चुनौतीका संकेत गरेको छ।

मेष :
बोलीको प्रभावशाली उपयोगले महत्वपूर्ण काम बन्ने योग छ। लगानी गर्ने हिम्मत गरेमा नाफा हुने संकेत देखिन्छ। आफ्नो व्यवहारमा सुधार ल्याउँदा पारिवारिक सम्बन्ध अझ सुमधुर बन्नेछ।

वृष :
दिन सहज रहनेछ। परिवार तथा साथीभाइको साथले मनोबल बढ्नेछ। आर्थिक तथा धार्मिक क्षेत्रबाट लाभ मिल्नेछ।

मिथुन :
बोलीमा सन्तुलन नहुँदा गलत अर्थ लाग्ने सम्भावना छ। स्वास्थ्यले साथ दिनेछ भने शिक्षामा गरेको प्रयास सफल हुनेछ। खानामा अरुचि बढ्न सक्छ। पारिवारिक सम्बन्ध मजबुत रहनेछ।

कर्कट :
दैनिक गतिविधिमा साना झन्झटका संकेत छन्। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्न सक्छ। व्यापार तथा पारिवारिक पक्ष सामान्य रहनेछ।

सिंह :
निजी प्रयासले महत्वपूर्ण काम बन्नेछ। तर साथीको सल्लाहले उल्टो परिणाम ल्याउन सक्ने भएकाले सतर्क रहनु आवश्यक छ। गणेशको पूजा गरेर दिनको सुरुवात लाभकारी रहनेछ।

कन्या :
दाजुभाइको परामर्शअनुसार चले सफलता मिल्नेछ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। खानपानमा लापरबाही गर्दा स्वास्थ्यमा समस्या देखिन सक्छ।

तुला :
सोचेजस्तै काम सम्पन्न हुनेछन्। अनुत्पादक खर्चमा कमी ल्याउनेबारे सोच्नु राम्रो। दक्षिणतर्फको लामो यात्रा नगर्न सुझाव।

वृश्चिक :
साना विषयमा झन्झट वृद्धि हुनसक्छ। प्राविधिक शिक्षाको क्षेत्रबाट लाभ मिल्नेछ। परिवारमा मनमुटावको सम्भावना भए पनि बिहान गणेश चिन्तन लाभकारी हुनेछ।

धनु :
साथीभाइको सहयोगले लक्ष्य नजिकिनेछ। राज्य सेवामा बढुवाको सम्भावना। व्यापारमा फाइदा हुनेछ। प्रेम सम्बन्धमा मधुरता बढ्नेछ।

मकर :
स्वास्थ्य राम्रो छ। बिहान पिपलको दर्शन गरेर दिन सुरू गर्दा सबै काम सहजै अघि बढ्नेछन्।

कुम्भ :
शिक्षामा गरिएको लगानी सफल हुने संकेत। साथीको साथ मिल्नेछ। वैदेशिक अवसरभन्दा स्वदेशी विकल्पप्रति मन आकर्षित हुनेछ।

मीन :
सञ्चित धन खर्चिनुपर्ने स्थिति आउन सक्छ। साथीबाट विरोध सुन्नु पर्ने सम्भावना छ। स्वास्थ्यमा समस्या देखिए पनि विपक्षीको साथ मिल्नेछ। परिवार तथा प्रेम सम्बन्धमा मधुरता रहनेछ।

शेयर गर्नुहोस