तल्लो तहका प्रहरीमा जागिर छाड्ने बढ्यो, ‘सबैलाई चाहिने तर कसैलाई मन नपर्ने सेवा प्रहरी’ – रमेश थापा

सखीखबर डट कम
पाठक संख्या - 277
पढ्न लाग्ने समाय 2 मि.

काठमाडौँ:तल्लो तहका प्रहरी कर्मचारीहरू एकपछि अर्को गर्दै जागिर छाड्न थालेपछि प्रहरी संगठनभित्र थप बेचैनी सिर्जना भएको छ। प्रहरी सेवामा बढ्दो निराशा, पर्याप्त सुविधा नपाइनु र उच्च जोखिमपूर्ण कार्यभारका कारण कर्मचारीहरू राजीनामा दिन बाध्य हुँदै गएको प्रहरी निरीक्षक (निवृत्त) रमेश थापाले टिप्पणी गरेका छन्।

थापाका अनुसार प्रहरी त्यो सेवा हो, जुन “देशलाई सबैभन्दा धेरै चाहिन्छ तर कसैलाई मन पर्दैन।” उनका भनाइमा, प्रहरी माथि अन्याय नै सबैभन्दा बढी भइरहेको छ। “अरू सेवामा प्लस-२ पास गरेपछि निजामतीतिर सुब्बा हुन्छ, सेनामा तालिम सकेपछि अधिकृत हुन्छ। तर पुलिसमा उही योग्यता र क्षमता भएर पनि असई (सहायक निरीक्षक) हुनुपर्छ, जुन पद खरीदार सरह मानिन्छ,” उनले लेखेका छन्।

थापाले प्रहरी संगठनमा जिम्मेवारी अत्यधिक तर सुविधा न्यून भएको बताउँदै थपे, “सिपाहीदे खि असईसम्मको जिम्मेवारी धेरै छ, तर सुविधा भने सबैभन्दा कम। रासनको व्यवस्था कमजोर छ, पारिवारिक समय छैन। दिन–रात ज्यानको बाजी थापेर सेवा गर्ने प्रहरीलाई राज्यले उचित सम्मान दिन सकेको छैन।”

उनी भन्छन्चा-डपर्व, घर-परिवार, व्यक्तिगत जीवन सबै छोडेर सुरक्षा दिनुपर्ने यो सेवामा मनोबल गिरिरहेको छ, जसको असर संस्थागत कार्यसम्पादनमै देखिन थालेको छ।

हालै बढिरहेको प्रहरी राजीनामाको दरलाई विश्लेषण गर्दै उनी निष्कर्ष निकाल्छन्, “फरक–फरक सेवा संरचना भएर पनि प्रहरी माथि सबैभन्दा धेरै बोझ छ। जब सम्म प्रहरीलाई न्यूनतम सुविधा, सम्मान र स्पष्ट भविष्य सुनिश्चित गरिँदैन, पलायन अझ बढ्न सक्छ।”

विशेषज्ञहरूका अनुसार, प्रहरी सेवामा सुधार, समायोजन र व्यावसायिक उन्नतिका अवसर विस्तार नगरे वर्तमान अवस्था सुरक्षा संयन्त्रका लागि चुनौती बन्ने संकेत देखिइसकेको छ।

शेयर गर्नुहोस