रौतहटमा नक्कली नोटसहित ३ जना पक्राउ

सखीखबर डट कम
पाठक संख्या - 229
पढ्न लाग्ने समाय 2 मि.

मङ्सिर १६, रौतहट : रौतहटको ईशनाथ नगरपालिका–४ लतमरी सीमाक्षेत्रबाट नक्कली नेपाली मुद्रा सहित तीन जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छमङ्सिर १६, रौतहट — रौतहटको ईशनाथ नगरपालिका–४ लतमरी सीमाक्षेत्रबाट नक्कली नेपाली मुद्रा सहित तीन जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ। मंगलबार साँझ १६:०५ बजे सशस्त्र प्रहरी बल नेपाल, बीओपी औरैयाबाट खटिएको गस्ती टोलीले एक भारतीय नागरिक सहित तीन जनालाई नियन्त्रणमा लिएको हो।

भारततर्फबाट नेपाल प्रवेश गर्दै गरेको वीआर ०५ एटी ०९८३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा भारत पूर्वी चम्पारण, चैनपुर ग्राम पञ्चायतका २३ वर्षीय जय प्रकाश कुमार, रौतहट देवाही गोनाही नगरपालिका–४ का करिब २० वर्षीय गोनालाल राउत तथा २० वर्षीय अजय पटेल पक्राउ परेका हुन्।

उनीहरूको साथबाट १,००० दरका कुल ११७ थान नक्कली जस्तो देखिने नोट बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण मुख्यालय रौतहटले जानकारी दिएको छ।

सशस्त्र प्रहरीले पक्राउ परेकालाई मोटरसाइकल सहित आवश्यक कारबाहीका लागि प्रहरी चौकी मठिया, रौतहटमा बुझाएकाे जनाएको छ। मंगलबार साँझ १६:०५ बजे सशस्त्र प्रहरी बल नेपाल, बीओपी औरैयाबाट खटिएको गस्ती टोलीले एक भारतीय नागरिक सहित तीन जनालाई नियन्त्रणमा लिएको हो।

भारततर्फबाट नेपाल प्रवेश गर्दै गरेको वीआर ०५ एटी ०९८३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा भारत पूर्वी चम्पारण, चैनपुर ग्राम पञ्चायतका २३ वर्षीय जय प्रकाश कुमार, रौतहट देवाही गोनाही नगरपालिका–४ का करिब २० वर्षीय गोनालाल राउत तथा २० वर्षीय अजय पटेल पक्राउ परेका हुन्।

उनीहरूको साथबाट १,००० दरका कुल ११७ थान नक्कली जस्तो देखिने नोट बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण मुख्यालय रौतहटले जानकारी दिएको छ।सशस्त्र प्रहरीले पक्राउ परेकालाई मोटरसाइकल सहित आवश्यक कारबाहीका लागि प्रहरी चौकी मठिया, रौतहटमा बुझाएकाे जनाएको छ।

शेयर गर्नुहोस