मंसिर १९ : राशिफल सहित अन्तर्राष्ट्रिय स्वयम्सेवक तथा विश्व माटो दिवस आज मनाइँदै

सखीखबर डट कम
पाठक संख्या - 208
पढ्न लाग्ने समाय 3 मि.

आज पुस कृष्ण पक्षको प्रतिपदा तिथि पर्दछ। विश्वभर अन्तर्राष्ट्रिय स्वयम्सेवक दिवस र विश्व माटो दिवस विविध कार्यक्रममार्फत मनाइँदैछ। नक्षत्र अनुसार १२ वटा राशिका व्यक्तिहरूका दैनिकी, स्वभाव, ग्रहगती तथा नक्षत्रका आधारमा भविष्यफल निर्धारण गरिन्छ। यसै परम्पराअनुसार आजको राशिफल यसप्रकार छः

१.♈ मेष

सञ्चित धन खर्च हुने सम्भावना छ। मनमा खिन्नता बढ्न सक्छ। यद्यपि स्वास्थ्यमा सुधार हुने देखिन्छ। स्वदेशभन्दा विदेशमा गरेको लगानी लाभदायक रहनेछ।

२.♉ वृष

साथीभाइको साथ र भेटघाटले मन प्रशन्न रहनेछ। शिक्षामा गरेको लगानीबाट प्रतिफल मिल्नेछ। प्रेम सम्बन्ध अनुकूल बन्नेछ। व्यापार–व्यवसायबाट नाफा अपेक्षित भएकाले थप मिहिनेत हितकर देखिन्छ।

३.♊ मिथुन

आजको दिन फलदायी रहनेछ। आम्दानी बढ्ने योग छ। परिवारसँग रमाइलो तथा खुसीको समय बिताउने संकेत देखिन्छ। स्वास्थ्य उपचारमा लाभ मिल्नेछ।

४.♋ कर्कट

दिन अनुकूल छ। विश्राम र आरामको समय मिल्नेछ। सानो लगानीबाट राम्रो प्रतिफल आउने सम्भावना छ। राज्य तर्फबाट राहत वा सहयोग प्राप्त हुन सक्छ। सामाजिक सेवा तथा परिवारमा सुमधुर सम्बन्ध कायम रहने सम्भावना प्रबल छ।

५.♌ सिंह

सानातिना कुराले मनमा अडचट बढ्न सक्छ। बोली व्यवहारमा संयमता आवश्यक देखिन्छ। राज्य पक्षबाट अवसर प्राप्त हुने संकेत। पारिवारिक सम्बन्ध सुधार भई प्रेम जीवन सुदृढ बन्न सक्छ।

६.♍ कन्या

दिन सहज र प्रगतिशील रहनेछ। स्वास्थ्यमा सुधार हुनेछ। सोचेका काम सफलतापूर्वक अघि बढ्नेछन्। शिक्षामा उन्नति र यात्रामा सहजता रहने सम्भावना।

७.♎ तुला

कला र प्रतिभा प्रदर्शन गर्ने उपयुक्त दिन। बौद्धिक व्यक्तिबाट आलोचना वा चुनौती आउन सक्छ, सचेत रहनु उपयुक्त। विदेशप्रतिको आकर्षण बढ्नेछ। लगानी लाभदायक रहनेछ। संकटमा परिवारको सहयोग र सल्लाह महत्वपूर्ण बन्नेछ।

८.♏ वृश्चिक

दिन शुभ रहनेछ। आम्दानी वृद्धि र अवसर विस्तारको योग। उच्च तहबाट पहिचान वा खोजी हुनसक्छ। गोप्य कुरा सार्वजनिक नगर्दा लाभ। शिक्षामा मिहिनेत आवश्यक।

९.♐ धनु

दिन सामान्य खालको हुनेछ। दाजुभाइसँग मिलेर गरेका काम सजिलै सम्पन्न हुनेछ। मनका कुरा साथीहरूसँग बाँड्न सकिने अवस्था। हरेक क्षेत्रमा थप प्रयत्न आवश्यक।

१०.♑ मकर

कर्म प्रयास सफल हुने दिन। बिहान चरा–पक्षीलाई दाना अर्पण गरे शुभ रहने विश्वास। शिक्षाभन्दा व्यापारतर्फ ध्यान दिनु लाभदायक। राजनीतिमा विपक्षीसँग सावधानी अपनाउनुपर्छ।

११.♒ कुम्भ

सञ्चित धन खर्च हुने स्थिति। सहयोगीभन्दा टिप्पणी गर्ने साथी बढी देखिन सक्छन्। स्वास्थ्यमा सुधार भए पनि उत्तर दिशातर्फ लामो यात्रा नगर्न सुझाव। परिवारिक सम्बन्ध सुमधुर रहनेछ।

१२.♓ मीन

दैनिक कार्य सहजै अघि बढ्नेछ। पढाइमा केही अवरोध देखिए पनि अन्ततः सफलता मिळ्नेछ। दाम्पत्य जीवन सुखमय र सन्तुलित रहनेछ। बाहिरी समाजबाट प्रशंसा पाइनेछ।

शेयर गर्नुहोस