मङ्सिर २१ जनकपुरधाम-पूर्वमुख्यमन्त्री सरोज यादवले गरेको सम्पूर्ण कर्मचारी सरुवा निर्णय बदर

सखीखबर डट कम
पाठक संख्या - 185
पढ्न लाग्ने समाय 1 मि.

जनकपुरधाम, मङ्सिर २१:मधेश प्रदेशका नव नियुक्त मुख्यमन्त्री कृष्णा यादवले पूर्वमुख्यमन्त्री सरोज कुमार यादव नेतृत्व सरकारले कर्मचारी सरुवा तथा काज जिम्मेवारी हेरफेर सम्बन्धी गरेका सम्पूर्ण निर्णय रद्द गरेका छन्। पद तथा गोपनीयताको सपथ ग्रहण लगतै बसेको नयाँ सरकारले पहिलो मन्त्रिपरिषद बैठकमार्फत सो निर्णय गरेको हो।

मन्त्रिपरिषदको निर्णय अनुसार मिति २०८२/०७/२३ देखि २०८२/०८/१७ सम्मको अवधिमा तत्कालीन सरकारले गरेको सम्पूर्ण सरुवा, काज, जिम्मेवारी हेरफेर तथा थप जिम्मेवारी सम्बन्धी निर्णयहरू बदर गरिएका छन्। सो अवधीमा मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयसँगै विभिन्न मन्त्रालयहरूबाट गरिएका कर्मचारी सरुवाका फाइलहरू समेत अमान्य गरिने उल्लेख गरिएको छ।

मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले निर्णय सार्वजनिक गर्दै, प्रदेश प्रशासनिक संरचनामा आवश्यक समीक्षा र संयोजन गर्नका लागि यस्तो कदम चालिएको स्पष्ट पारेको छ।यससँगै मधेश प्रदेशको नौकरशाही फेरि पुरानै अवस्थाबाट पुनर्गठित हुने संकेत देखिएको छ।

शेयर गर्नुहोस