काठमाडौं मङ्सिर २३, : सरकारले चालु वर्षका लागि उखुको समर्थन मूल्य प्रतिक्विन्टल ६२० रूपैयाँ कायम गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अघिल्लो वर्षको मूल्यमा ३५ रुपैयाँ घटाएर नयाँ दर निर्धारण गरेको हो। गत वर्ष सरकारले प्रतिक्विन्टल ६५५ रूपैयाँ समर्थन मूल्य तोकेको थियो।
सरकारले यसअघि २०८०/८१ मा प्रतिक्विन्टल ६३५, २०७९/८० मा ६१० र २०७८/७९ मा ५९० रुपैयाँ समर्थन मूल्य तय गरेको थियो। यस वर्ष भने समर्थन मूल्य घटाइएपछि किसानहरूले मूल्य कमीका कारण असन्तुष्टि व्यक्त गर्ने सम्भावना पनि देखिएको छ।
कृषि मन्त्रालयका अनुसार हाल देशभरका आठ जिल्लामा ६१ हजार हेक्टर क्षेत्रफलमा उखु खेती हुँदै आएको छ। वार्षिक रूपमा करीब ३२ लाख १ सय ७६ मेट्रिक टन उखु उत्पादन हुने मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।
