मंसिर २३, मंगलबार। आज सन् २०२५ डिसेम्बर ९ तारिख, पुस कृष्ण पक्षको पञ्चमी तिथि। आज विश्वभर अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस मनाइँदैछ। ज्योतिषशास्त्रअनुसार चन्द्रमाको गति र २७ नक्षत्रको आधारमा १२ वटा राशी निर्धारण गरिन्छ। ग्रह–नक्षत्रको प्रभावअनुसार नै व्यक्तिको दैनिकी, व्यवहार र परिणामका आधारमा फलादेश कसीने परम्परा रहँदै आएको छ।
🔯 राशिअनुसार आजको भविष्यफल
१.मेष :– समय सामान्य रहनेछ। सञ्चित धन खर्च हुने सम्भावना छ। शिक्षा क्षेत्रमा लगानी गर्दा फाइदा मिल्न सक्छ भने वैदेशिक रोजगारीतर्फ उन्नति देखिन्छ। पारिवारिक तिक्तता बढ्न सक्ने भएकाले संयम आवश्यक।
२.वृष :– दैनिकी सहज र अनुकूल रहनेछ। भविष्यका योजना आफैँले निर्माण गर्नुपर्ने दिन। प्रयास गर्दै आएको काममा राम्रो परिणाम देखापर्नेछ। वैदेशिक लगानीबाट लाभ हुने योग। परिवार तथा प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
३.मिथुन: – आज आर्थिक तथा सामाजिक क्षेत्रमा सुधार आउने संकेत। पारिवारिक सहयोग प्राप्त हुनेछ। तर शिक्षामा मिहिनेत बढाउनुपर्नेछ।
४.कर्कट: – धार्मिक यात्रा र मित्र भेटघाट सुखद बन्नेछ। शिक्षाका क्षेत्रमा गरेको लगानीबाट उत्साह बढ्नेछ। स्वास्थ्य समस्या कम हुँदै जाने संकेत। परिवारसँग सम्बन्ध सुखद रहनेछ।
५.सिंह :– समय सामान्य। स्वार्थी समूह सक्रिय हुन सक्ने भएकाले सतर्क रहनु बुद्धिमानी। न्यायपूर्ण लगानीबाट वित्तीय लाभ प्राप्त हुनेछ। प्रेम तथा पारिवारिक पक्ष सुखद।
६.कन्या: – आजको दिन अनुकूल। विद्वान तथा बौद्धिक व्यक्तिसँग भेट हुने सम्भावना। वैदेशिक लगानीको फाइदा घरेलु लगानीभन्दा बढी देखिन्छ।
७.तुला :– शिक्षा क्षेत्रमा प्रशंसा र प्रगति। पेशागत क्षेत्रमा सन्तुष्टि मिल्नेछ। परिवारको सुझाव र सहमतिमा अघि बढ्दा लाभ। वैदेशिक लगानीमा सावधानी आवश्यक।
८.वृश्चिक :– आर्थिक क्षेत्रमा सफलता तथा ठूलो लाभ प्राप्त हुने योग। गुमेको धन फिर्ता हात लाग्ने सम्भावना। शैक्षिक प्रयास सफल। पारिवारिक वातावरण सहज।
९.धनु :–पुराना साथीहरूसँगको भेटघाट रमाइलो। शैक्षिक लगानी तथा अध्ययनमा लाभ। परिवार र प्रेम सम्बन्ध सहज र सन्तुष्टिदायक बन्नेछ।
१०. मकर :– दैनिकी सकारात्मक। आर्थिक अवस्था मजबुत बन्दै जाने संकेत। वैदेशिक लगानी स्वदेश भन्दा लाभदायक देखिन्छ। प्रेम तथा पारिवारिक सम्बन्धमा सफलता।
११.कुम्भ – बोलीमा नम्रता अपनाउँदा आज लाभदायी। व्यापार तथा व्यवसायबाट आर्थिक वृद्धि। सामाजिक सम्मान प्राप्त गर्ने योग। धार्मिक कार्यबाट दिन शुभ बन्नेछ।
१२.मीन :– शिक्षामा लगानी राम्रो निर्णय। अनावश्यक खर्च नियन्त्रण गर्नुस्। सापटी दिनुभन्दा बच्नु हितकर। पारिवारिक विवाद हुनसक्ने भएकाले कम बोल्नु उत्तम।
