राशिफल: मंसिर २४, २०८२ – स्वास्थ्य, करियर र दैनिकीबारे आजको भविष्यफल

सखीखबर डट कम
पाठक संख्या - 195
पढ्न लाग्ने समाय 2 मि.

आज २०८२ साल मंसिर २४ गते बुधबार,  कृष्ण पक्षको षष्ठी तिथि तथा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आज १२ राशिका जातकका लागि ग्रह–नक्षत्रको आधारमा दैनिकीबारे विविध संकेत देखिएका छन्। नक्षत्र र चन्द्रमाको स्थितिअनुसार व्यक्तिको दिनचर्यामा प्रभाव पर्ने मान्यता छ।

१.♈ मेष

स्वास्थ्यमा सुधार, शिक्षा तथा व्यापारमा उन्नतिको योग। विदेशप्रति आकर्षण बढ्ने संकेत।

२.♉ वृष

बोलीका कारण साथी टाढिन सक्छन्। उत्तरतर्फको लामो यात्रा नगर्न सुझाव। रोगको जोखिम भए पनि पारिवारिक साथ रहनेछ।

३.♊ मिथुन

नियमित कार्य सहज रूपमा पूरा हुने। राज्य पक्षबाट केही चुनौती आउन सक्छ। परिवारसँग समय बिताउँदा मन प्रसन्न।

४.♋ कर्कट

स्वास्थ्यमा सुधारका संकेत। जमीन सम्बन्धी कारोबारमा हानि सम्भावना। दाम्पत्य जीवन सुखमय, धार्मिकतामा झुकाव बढ्नेछ।

५.♌ सिंह

बोलीको प्रभावले महत्वपूर्ण काम बन्ने। शिक्षामा गरेको लगानी फलदायी बन्नेछ। प्रतिस्पर्धा घट्नाले अवसर बढ्ने दिन।

६.♍ कन्या

सामान्य सकारात्मक दिन। स्वास्थ्यमा बेवास्ता भई समस्या आउन सक्छ। राज्य सेवामा अवसर देखिने योग। परोपकारमा संलग्न हुँदा सन्तोष।

७.♎ तुला

प्रयास सफल, स्वास्थ्यमा सुधार। विदेशप्रति आकर्षण बढ्ने। योजनामा सफलता भए पनि परिवारमा समय नदिँदा खटपट सम्भव।

८.♏ वृश्चिक

वरिष्ठसँगको भेटले उत्साह बढ्ने। प्राविधिक शिक्षामा लगानी लाभदायी। स्वदेशमै रोजगारीको अवसरप्रति आशा। परिवारमा कर्तव्य पूरा गर्दा सम्मान।

९.♐ धनु

दिन सामान्य। सम्पत्ति बढे पनि प्रतिष्ठामा असर पर्न सक्छ। शिक्षामा प्रगति ढिलो भएर भए पनि सम्भव। शरीरमा आलस्य बढ्न सक्छ।

१०.♑ मकर

दाजुभाइको साथ पाए व्यापारमा फाइदा। शिक्षा क्षेत्रमा गरेको लगानीको प्रतिफल समयपछि। परिवार सम्बन्ध सुमधुर।

११.♒ कुम्भ

धन लाभको योग तर स्वास्थ्यमा सावधानी आवश्यक। खानपानमा विशेष ख्याल राख्नुपर्छ। राज्यतर्फबाट सुविधा वृद्धि हुने सम्भावना।

१२.♓ मीन

नयाँ योजना सुरु गर्न अनुकूल समय। मित्रताको साथ, पारिवारिक सम्बन्ध मजबुत। प्रेम सम्बन्धमा मधुरता बढ्ने संकेत।

शेयर गर्नुहोस