आजको मंसिर २५ गतेको राशिफल

सखीखबर डट कम
पाठक संख्या - 244
पढ्न लाग्ने समाय 2 मि.

मंसिर २५, २०८२ बिहीबार  कृष्ण पक्षको सप्तमी तिथि तथा अन्तर्राष्ट्रिय पर्वत दिवसको अवसरमा आजको दैनिक राशिफल सार्वजनिक गरिएको छ। ज्योतिष शास्त्र अनुसार चन्द्रमा र नक्षत्रका आधारमा दैनिकीका सकारात्मक तथा चुनौतीपूर्ण सम्भावनाहरूको विश्लेषण प्रस्तुत गरिएको छ। २७ नक्षत्रका आधारमा निर्धारण गरिने १२ राशिमा आज निम्न अनुसारका प्रभावहरू देखिन्छन्।

१.मेष: दिन अनुकूल छ। रोगप्रतिकार शक्ति बढ्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारप्रति अत्यधिक भरोसा गर्दा भने धोका हुने जोखिम छ।
२.वृष: स्वास्थ्यमा कमजोरी देखिए पनि साथी–भाइको साथ मिल्नेछ। संयुक्त लगानी लाभदायक रहनेछ। पारिवारिक रमझमको अवसर मिल्ने सम्भावना छ।
३.मिथुन: धन खर्च भए पनि प्रतिष्ठा र सम्मान बढ्नेछ। वरिष्ठ व्यक्तिसँगको भेट सुखद हुनेछ। पितृ सम्पत्तिको लगानी लाभदायक बन्ने योग छ।
४.कर्कट: धनलाभका अवसर बढ्नेछन्। मिष्ठान्न भोजन तथा राजनीतिक क्षेत्रमा अवसर मिल्नेछ। बिहान पिपल दर्शनले दैनिकी सहज बन्ने विश्वास छ।
५.सिंह: काम सफल हुने दिन। प्रियजनसँगको भेट रमाइलो रहनेछ। उत्तरतर्फको लामो यात्रा उपयुक्त छैन। पारिवारिक सहयोग प्राप्त हुनेछ।
६.कन्या: दिन सामान्य। स्वास्थ्यमा सुधार हुनेछ। संयुक्त लगानीबाट व्यापारिक फाइदा हुनेछ। शिक्षामा सफलता मिल्नेछ तर परिवारमा खटपटीको संकेत छ।
७.तुला: बाहिरी साथीबाट सम्मान प्राप्त हुनेछ। परोपकारका काममा समय लगाउन उपयुक्त दिन। राजनीतिक क्षेत्रमा आक्रमणको सम्भावना भएकाले सतर्कता आवश्यक।
८.वृश्चिक: नयाँ खबर सुन्न पाइनेछ। भ्रमण योजना बन्न सक्छ। दाजुभाइको साथमा अघि बढ्दा सफलता मिल्नेछ। शिक्षामा प्रगति र पारिवारिक सुखको योग छ।
९.धनु: वाणीको प्रभावले महत्वपूर्ण काम बन्नेछ। अवसर गुमाउने जोखिम भएकाले सजग रहनु उचित। खर्च आम्दानीभन्दा बढ्न सक्ने संकेत।
१०.मकर: सामान्य दिन। पुराना साथी भेटिन सक्छन् र काम बन्नेछ। आफन्तबाट अपमानित हुनुपर्ने स्थिति आउन सक्छ। स्वास्थ्यप्रति सचेत रहनु आवश्यक।
११.कुम्भ: उत्तम दिन। अनावश्यक खर्च कटौती गर्न सके सहजता बढ्नेछ। शिक्षामा गरेको लगानी सफल हुनेछ। ठूला व्यक्तिको सुझाव उपयोगी रहनेछ।
१२.मीन: दिन सामान्य। सञ्चित धन खर्च हुनेछ। दक्षिणतर्फको लामो यात्रा उपयुक्त छैन। परिवार र आफन्तको साथले काम सफल हुनेछ। बिहान पिपल दर्शनले अशुभ टर्ने विश्वास छ।

शेयर गर्नुहोस