फागुन २० गतेको राशिफल सार्वजनिक

सखीखबर डट कम
पाठक संख्या - 105
पढ्न लाग्ने समाय 3 मि.

विक्रम संवत् २०८२ साल फागुन २० गते बुधबार, चैत कृष्ण पक्षको प्रतिपदा तिथिका लागि आजको दैनिक राशिफल सार्वजनिक गरिएको छ। नक्षत्र र चन्द्रमाको स्थितिका आधारमा १२ राशिका व्यक्तिहरूको दैनिकी, स्वास्थ्य, शिक्षा, व्यापार, प्रेम तथा पारिवारिक अवस्थाबारे भविष्यफल प्रस्तुत गरिएको हो।
१.मेष
आज मेष राशिका लागि दिन शुभ रहनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिएका छन् भने व्यापारमा लाभ हुने सम्भावना छ। शिक्षामा जोस र जाँगर बढ्नेछ। विपक्षीमाथि विजय प्राप्त हुने योग छ। तर खानपानमा लापरवाही गरे स्वास्थ्य समस्या आउन सक्ने जोखिम रहेको छ।
२.वृष
वृष राशिका व्यक्तिले आज सोचेर बोल्नुपर्नेछ। शिक्षामा प्रगति हुनेछ भने कला र अभिव्यक्ति प्रदर्शनका अवसर मिल्नेछन्। राज्यको तर्फबाट सेवाको अवसर प्राप्त हुन सक्छ। परिवारलाई समय दिन नसक्दा केही खटपटी बढ्न सक्ने संकेत छ।
३.मिथुन
मिथुन राशिका लागि स्वास्थ्यमा सुधार हुने संकेत छ। परिवारमा जिम्मेवारी थपिनेछ। पठनपाठनमा उत्साह बढ्नेछ। राजनीतिक क्षेत्रमा भने सतर्कता अपनाउनुपर्नेछ। व्यवहारका कारण थप जिम्मेवारी आउन सक्नेछ।
४.कर्कट
कर्कट राशिका व्यक्तिले विश्वास पात्रबाट विरोधको सामना गर्नुपर्ने सम्भावना छ। यात्रा गर्दा सावधानी अपनाउनुपर्नेछ। शिक्षामा गरिएको लगानीबाट लाभ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ भने धर्मकर्ममा रुचि बढ्नेछ।
५.सिंह
सिंह राशिका लागि दाम्पत्य जीवन सुखद रहनेछ। मन शान्त रहनेछ। शिक्षा र स्वास्थ्य क्षेत्रका प्रयास सफल बन्नेछन्। उत्तरतर्फ लामो यात्रा नगर्न सल्लाह दिइएको छ। खानपानमा विशेष ध्यान दिनुपर्ने दिन छ।
६.कन्या
कन्या राशिका व्यक्तिले बोल्दा विशेष सतर्कता अपनाउनुपर्नेछ। अविवेकी अभिव्यक्तिले पश्चाताप गराउन सक्छ। पेटसम्बन्धी समस्याले सताउन सक्ने भएकाले खानपानमा ध्यान दिनुपर्छ। धार्मिक व्यक्तिसँगको भेटले मानसिक शान्ति मिल्नेछ।
७.तुला
तुला राशिका लागि आज मानसम्मान प्राप्त हुने योग छ। शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार आउने संकेत छ। बौद्धिक क्षेत्रबाट सम्मान प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। गुरुसँग कुरा गर्दा नम्रता आवश्यक छ।
८.वृश्चिक
वृश्चिक राशिका व्यक्तिको शिक्षामा गरिएको प्रयास सफल बन्नेछ। दिनको सुरुवात दान गरेर गरेमा शुभ रहनेछ। परिवारको सल्लाह लिएर अघि बढ्दा सफलता सहज हुनेछ।
९.धनु
धनु राशिका लागि पुराना साथीसँगको भेटले नयाँ योजना बन्ने सम्भावना छ। स्वास्थ्य कमजोर रहन सक्ने भएकाले खानपानमा सावधानी आवश्यक छ। राजनीतिक तथा पारिवारिक क्षेत्रमा रमाइलो अवसर मिल्नेछ।
१०.मकर
मकर राशिका लागि दिन सामान्य रहनेछ। काम गर्दा सतर्कता आवश्यक छ। गोप्य कुरा सार्वजनिक नगर्न सुझाव दिइएको छ। शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। राजनीतिमा संलग्न नहुनु उपयुक्त हुनेछ।
११.कुम्भ
कुम्भ राशिका व्यक्तिले सहकर्मीसँगको सहकार्यबाट लिएको निर्णय कार्यान्वयन गर्ने अवसर पाउनेछन्। एकल निर्णय नगर्न सल्लाह दिइएको छ। राज्यका जिम्मेवार व्यक्तिसँग व्यवहार गर्दा सतर्कता आवश्यक छ। मन अशान्त बन्न सक्ने भएकाले धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।
१२.मीन
मीन राशिका लागि सञ्चित धन खर्च हुने संकेत छ। साथीसँग नम्रतापूर्वक व्यवहार गर्नुपर्नेछ। प्राविधिक शिक्षामा सफलता मिल्नेछ। धार्मिक कार्यमा सहभागी भए पारिवारिक सम्बन्ध सुदृढ बन्ने योग रहेको छ।

शेयर गर्नुहोस