आज शुक्रबार, वि.सं. २०८२मंसिर २६ गतेको राशिफल

सखीखबर डट कम
पाठक संख्या - 193
पढ्न लाग्ने समाय 3 मि.

आज शुक्रबार, वि.सं. २०८२ साल मंसिर २६ गते, पौष कृष्णपक्षको अष्टमी तिथिमा विभिन्न राशिहरूले फरक–फरक फलादेश पाउने ज्योतिषशास्त्रीहरूले बताएका छन्। कोहीका लागि आजको दिन उत्साहजनक रहनेछ भने कतिपयका लागि सतर्कता अपनाउनुपर्ने रहेको छ।

१.मेष
साथीभाइसँग भेटघाट र रमाइलो हुने छ। विभिन्न स्वादिष्ट परिकार खान पाइने भए पनि खर्च बढ्दा आर्थिक दबाब महशुस हुनेछ। पेशागत क्षेत्रमा मनग्न परिणाम नआउँदा निराशा उत्पन्न हुन सक्छ। स्वास्थ्यमा समस्या आउन सक्छ भने विदेश यात्रामा पनि अवरोध आउने संकेत छ।

२.वृष
कामको प्रशंसा हुनेछ र नयाँ जिम्मेवारीहरू पनि थपिनेछन्। सृजनशील क्षमताको कदर हुने समय आएको छ। सामाजिक प्रतिष्ठा बढ्नेछ भने आर्थिक अवस्था समेत सन्तोषजनक रहनेछ। चिसोका कारण स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले सतर्कता आवश्यक छ।

३.मिथुन
आर्थिक लाभ प्राप्त हुनेछ, विशेषगरी रोकिएको रकम फिर्ता हुने सम्भावना छ। पेशागत उन्नति हुनेछ र ठूला व्यक्तिहरूको विश्वास जित्न सकिनेछ। यात्राको योग छ तर पारिवारिक तानावले मन कमजोर हुन सक्छ।

४.कर्कट
अरूलाई सहयोग गर्ने मन बढ्नेछ। यद्यपि निराशा र ऊर्जा कमीको अनुभव हुनेछ। दाम्पत्य जीवनमा भरोसा बढ्नेछ भने पेशागत क्षेत्र सामान्य रहनेछ। भविष्यप्रतिको चिन्ताले निद्रामा असर पर्न सक्छ।

५.सिंह
सकारात्मक र रमाइलो व्यक्तित्व देखिनेछ। पेशागत आम्दानीमा वृद्धि हुनेछ र सवारी सुविधा मिल्नेछ। मनबहलाउने कार्यमा बढी खर्च हुनेछ। बोली प्रभावकारी हुने भएकाले अरूको मन जित्न सकिनेछ।

६.कन्या
सानो गल्तीमा पनि दोषारोपण हुन सक्छ। बादबिबादबाट टाढा रहनु उत्तम हुनेछ। पेशागत उतारचढाव भए पनि आर्थिक अवस्था स्थिर रहन्छ। परिवारमा तनाव बढ्न सक्छ भने समाजमा आलोचनाको सामना गर्नुपर्ने सम्भावना छ।

७.तुला
नयाँ क्षेत्र वा अवसरमा पाइला चाल्न अनुकूल समय छ। प्राधिकृत निकायसँग बिबाद हुन सक्ने भएकाले सतर्कता आवश्यक छ। भोगविलासतर्फ रुचि बढ्दा खर्च बढ्नेछ। गलत संगत त्याग्न सके राम्रो हुनेछ।

८.वृश्चिक
व्यवसाय र कारोबारमा बृद्धि आउनेछ। विदेश यात्राको अवसर बन्न सक्छ। माथिल्ला अधिकारीसँगको समन्वय राम्रो रहनेछ। आर्थिक पक्ष सशक्त भए पनि खर्च पनि बढ्न सक्छ। बोली कडा हुन सक्छ, ध्यान आवश्यक छ।

९.धनु
वस्तु वा सामान हराउने जोखिम छ। आर्थिक चुनौतीमा आफन्तको सहयोग मिल्नेछ। पेशागत क्षेत्रमा सुधार आउनेछ। दृढता र मनोबल बलियो रहनेछ र केही यात्राको योग पनि देखिन्छ।

१०.मकर
कामको उचित मूल्यांकन नपाउँदा मन भारी बन्न सक्छ। तर पेशागत उन्नति कायम रहनेछ। व्यापारमा लाभ हुनेछ र आर्थिक सुदृढताले आत्मविश्वास बढाउनेछ। परिवारमा तनाव भए पनि स्वास्थ्य कमजोर हुन सक्छ।

११.कुम्भ
आम्दानीमा वृद्धि हुनेछ र सामाजिक छविमा सकारात्मकता आउनेछ। कार्यक्षेत्रमा जिम्मेवारी थपिनेछ। तर सवारीसाधनमा समस्या आउन सक्छ, यात्रामा कठिनाइ भोग्नु पर्न सक्छ। दाम्पत्यमा केही कटुता आउने सम्भावना छ।

१२.मीन
हिनताभावले सताउन सक्छ। साना विषयमा मनोबल कमजोर हुनसक्छ। दाम्पत्यमा शंका र असमझदारी पैदा हुन सक्छ। पारिवारिक वातावरण तनावपूर्ण रहनेछ। आम्दानी घट्नाले सामाजिक छवि कमजोर बन्न सक्छ। पेशागत क्षेत्रमा सावधानीपूर्वक कदम चाल्न सल्लाह दिइएको छ।

शेयर गर्नुहोस